News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगलाई मतदाता नामावलीको अनलाइन आवेदन गर्दा सर्भर अवरुद्ध हुने समस्या समाधान गर्न आग्रह गरेकी छन्।
- निर्वाचन आयोगले अनलाइनबाट मतदाता नाम दर्ता गर्ने अन्तिम समय सीमा ३० कात्तिकसम्म निर्धारण गरेको छ र पाँच दिन थप गर्ने तयारी गरेको छ।
- प्रधानमन्त्री कार्कीले आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीलाई टेलिफोन गरी नाम दर्ताको समयावधि थप गर्न पनि आग्रह गरेकी छन्।
२८ काक्तिक काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीको अनलाइन आवेदन दिँदा सर्भर अवरुद्ध हुने समस्या समाधान गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले शुक्रबार निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीलाई टेलिफोन गरेर अनलाइनबाट नाम दर्ता गर्दा सर्भर अवरुद्ध भएर सेवा रोकिने समस्याको समधान गर्न आग्रह गरेकी हुन् ।
निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न अनलाइनबाटै आवेदन लिन थालेपछि चाप बढेको छ । कार्यालयहरूमा चाप बढेसँगै आयोगले राष्ट्रिय परिचय पत्र बनाइसकेकाहरूको हकमा अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न मिल्ने गरी अनलाइन पोर्टल सुरु गरेको छ ।
तर, अनलाइनमा आवेदनकर्ताको चाप बढेर सर्भर नै अवरुद्ध हुन थालेपछि सेवाग्राहीले सास्ती व्यहोर्नुपरिरहेको छ । प्रधानमन्त्री कार्कीले आवश्यक प्रवन्ध गरेर अनलाइन आवेदन दिँदा सर्भर अवरुद्ध हुने समस्या समाधान गर्न आयोगलाई आग्रह गरेकी छन् ।
टेलिफोन कुराकानीका क्रममा प्रधानमन्त्री कार्कीले नाम दर्ताको समयावधि समेत थप गर्न आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई आग्रह गरेकी छन् ।
भण्डारीले नाम दर्ताको समय सीमा पाँच दिन थप गर्न सकिने बताएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलले बताए ।
आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्ने अन्तिम समय सीमा ३० कात्तिकसम्म निर्धारण गरेको छ ।
तर, नाम दर्ता गर्नेको चाप बढेसँगै आयोगले प्रधानमन्त्री कार्कीको आग्रह अनुसार पाँच दिन थप गर्ने तयारी गरेको आयोग स्रोतले बतायो ।
प्रतिक्रिया 4