News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं स्पाइकर्सले एभरेस्ट महिला भलिबल लिगमा लुम्बिनी लाभाजलाई ३-२ को सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको छ।
- काठमाडौंले ५ मध्ये ३ खेल जितेर ८ अंक जोडेको छ र कर्णाली यशविस तथा ललितपुर क्विन्स फाइनलमा पुगेका छन्।
- फाइनल खेल भोलि कर्णाली यशविस र ललितपुर क्विन्सबीच हुनेछ।
२८ कात्तिक, काठमाडौं । काठमाडौंमा जारी एभरेस्ट महिला भलिबल लिगमा काठमाडौं स्पाइकर्स तेस्रो बनेको छ । शुक्रबार भएको पहिलो खेलमा लुम्बिनी लाभाजलाई हराउँदै काठमाडौं तेस्रो बनेको हो ।
काठमाडौंले लुम्बिनीलाई ३-२ को सेटमा हरायो । लुम्बिनीविरुद्ध काठमाडौं २३-२५, २४-२६, २५-१७, २५-१६ र १५-६ को सेटमा हराएको हो ।
सुरुवाती २ सेट जित प्रतिस्पर्धात्मक रूपले गुमाएपनि काठमाडौंले पुनरागमन गरेको हो ।
काठमाडौं ५ मध्ये ३ खेल जित्दै ८ अंक जोडेर तेस्रो भयो ।
कर्णाली यशविस र ललितपुर क्विन्स यसअघि नै फाइनल पुगिसकेका छन् र लिगको अन्तिम खेलमा यही दुई टिम अहिले खेल्दैछन् ।
फाइनल खेल भोलि हुनेछ ।
प्रतिक्रिया 4