+
+
Shares

बन्दीपुरबाट देखिएको मनमोहक दृश्य (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ कात्तिक २९ गते १२:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बन्दीपुर गाउँपालिकाले २०२५ लाई बन्दीपुर भ्रमण वर्ष घोषणा गरेको छ।
  • बन्दीपुरमा पर्यटकका लागि 'होमस्टे' सञ्चालन गरिएको छ।
  • बन्दीपुरको मुख्य पर्यटकीय आकर्षण हिमशृङ्खलाका दृश्यहरू र मिनी ग्रेटवाल हुन्।

२९ कात्तिक, काठमाडौं । बन्दीपुर तनहुँको प्रमुख पर्यटकीय स्थल हो । हालको बन्दीपुर गाउँपालिका राज्य पुनर्संरचना हुनुअघि नगरपालिका थियो ।

बन्दीपुरमा रहेका पर्यटकीय स्थललाई प्रचार प्रसार गर्न र पर्यटक भित्र्याउन पालिकाले पनि प्रयास जारी राखेको छ । त्यसै अनुसार बन्दीपुर भ्रमण वर्ष २०२५ घोषणा गरिएको छ ।

पालिकाले भ्रमणमा आउने पाहुनलाई स्वागत गर्नुका साथै सुरक्षित बसोबासका लागि ‘होमस्टे’हरु पनि सञ्चालन गरेको छ ।

बन्दीपुरको बस्ती नै पर्यटकी स्थल हो । यहाँका पुराना मोडेलका घरहरू अझ पनि छन् । तर, केही विस्थापित भएका छन् ।

बन्दीपुरमा पर्यटकका लागि मुख्य आकर्षण भनेको हिमशृङ्खलाका दृश्यहरू हुन् । जहाँबाट पश्चिमका धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, पूर्वतर्फका मनास्लु, गणेश र लाङटाङ, हिमशृङ्खला देखिन्छन् । यी दृश्यहरू मनमोहक छन् । यी मनै लोभ्याउने दृश्य हेर्य पर्यटकहरू त्यहाँ पुग्ने गर्छन् ।

बन्दीपुरमा हिउँदको समयमा धेरै पर्यटक पुग्छन् । यो समय मौसम मुख्यतया सफा रहने भएकोले हिमाल हेर्न आउने पर्यटकको संख्या बढ्ने गर्छ ।

बन्दीपुरमा पर्यटकलाई आकर्षण गर्नका लागि ‘मिनी ग्रेटवाल’ निर्माण गरिएको छ । जसले चीनको ग्रेटवालको झल्को दिने गर्छ ।

    

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?