+

फेकोन स्टोर्टस विक सम्पन्न, बीएफसी क्लबको उत्कृष्ट प्रदर्शन

२०८२ कात्तिक  २९ गते २१:३३ २०८२ कात्तिक २९ गते २१:३३
फेकोन स्टोर्टस विक सम्पन्न, बीएफसी क्लबको उत्कृष्ट प्रदर्शन

२९ कात्तिक, काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन) द्वारा आयोजित स्पोर्टस विक सम्पन्न भएको छ । कात्तिक २८ र २९ गते सम्पन्न प्रतियोगितामा खेलाडीहरूको उत्साह, अनुशासन र प्रतिस्पर्धात्मक प्रदर्शन उल्लेखनीय रहेको आयोजकले जनाएको छ ।

फुटसलमा ब्रोदरहुड फुट्सल क्लव (बीएफसी) विजयी भएको छ । रबिन केसी र सुधन रायमाझी स्मृतिमा आयोजना गरिएको फुटसल प्रतियोगितामा बिएफसी विजयी बनेको हो । शुभयात्रा एफसी उपविजेता बनेको थियो ।

प्रबल रेग्मी तथा उपेन्द्र थापा स्मृतिको चेस प्रतियोगितामा बिएफसी क्लवका सम्राट पाण्डे विजेता र सुजन खड्का उपविजेता बने । सरोज थापा स्मृतिको टेबल टेनिस प्रतियोगितामा शुभयात्राका सन्दीप उप्रेती विजेता बने भने बीएफसीका सत्येन्द्र झा उपविजेता बने ।

पहिलो महिला ब्याडमिन्टन च्याम्पियनसिपमा समेत बीएफसी क्लवकै मन्दिरा श्रेष्ठ विजेता र पुनम प्रजापति उपविजेता बनिन् ।

विजेता तथा उपविजेताहरूलाई बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय–शिक्षा तथा योजना महाशाखाका महाशाखा प्रमुख रुद्र शर्माले पुरस्कार वितरण गरे ।

कार्यक्रममा स्व. सरोज थापाका छोराछोरी तथा स्व. रबिन केसीकी श्रीमती र सन्तानको विशेष उपस्थिति रही कार्यक्रम अर्थपूर्ण बनेको आयोजकले जनाएको छ ।

कार्यक्रम फेकन महासचिव दिपेन्द्र पोखरेलको सञ्चालन र अध्यक्ष उमेश कुश्वारको नेतृत्वमा सम्पन्न भएको थियो। कार्यक्रम समन्वय फेकन ईभेन्ट म्यानेजमेन्ट कमिटीका संयोजक निराजन रोक्का तथा टिमले गरेका थिए ।

समापन समारोहमा महाशाखा प्रमुख रुद्र शर्माले निकट भविष्यमा फेकनसँग सहकार्य गर्दै ‘शैक्षिक परामर्श सेवा’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने जनाए ।

कार्यक्रमको उद्घाटन एन्फाका सहमहासचिव बद्री भट्टराईको प्रमुख आतिथ्यतामा भएको थियो। प्रतियोगिताले खेलकुदमार्फत सहकार्य, एकता र स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धन गर्ने सफल प्रयासका रूपमा सम्पन्न भएको सचिव राजकुमार ढकालले जानकारी दिएका छन् ।

फेकोन स्टोर्टस

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय