+
+
Shares

महसुस हुनेगरी सेवा प्रवाहमा लाग्न मातहतका निकायलाई गृहमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३० गते १६:१९

३० कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नवपुस्ताको जनभावना अनरुप काम गर्न र उनीहरुलाई न्यायको अनुभूती दिलाउने गरी कार्य गर्न आफू मातहतका निकायलाई निर्देशन दिएका छन् ।

आइतबार गृहमन्त्रालयमा आयोजित गृहसचिव रामेश्वर दंगालको अध्यक्षतामा बसेको नियमित एसएमटी बैठकमा मन्त्री अर्यालले सम्पूर्ण कर्मचारीहरुले एक्टिभिष्ट जसरी आ–आफ्नो जिम्मेवारी निर्वाह गरी सम्पूर्ण ध्यान निर्वाचन र यसको तयारीमा लाग्न समेत निर्देशन दिए ।

‘अहिलेको सरकार भनेको कै निर्वाचनको सरकार भएकोले हामीलाई पुरानै संरचना र ऐन नियममा रहेरभन्दा पनि प्रविधिको प्रयोग गर्दै चुनावलाई अझ बढी सहभागिता मुलक बनाएर जनतालाई आफ्नो मताधिकारको सुनिश्चितता कायम गर्ने गरी जिम्मेवारी बहन गर्न निर्देश गर्दछु,’ मन्त्री अर्यालले बैठकमा भने ।

मन्त्री अर्यालले विभागीय प्रमुखहरुलाई आ–आफ्नो माताहतका कार्यालयहरूको जिम्मेवारी प्रभावकारी ढंगबाट सम्पादन गर्न निर्देशन गरे । ‘बढीभन्दा बढी कर्मचारीहरूले पनि जनसरोकारको विषयमा चासो राख्ने र सम्बन्धित ठाउँमै पुगेर सेवाग्राहीको काम गर्न र परिवर्तनको अनुभूति महसुस गर्ने गरी सेवा प्रवाहमा लाग्न निर्देशन गर्दछु,’ मन्त्री अर्यालको भनाइ उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ । ण्

उनले गृह मन्त्रालयमा स्थापना गरिएको जेनजी समन्वय समिति र पीडितहरुका गुनासा बढी सुन्न र सम्बोधन गर्न सकिएमात्रै बाहिर अरुले बनाउने गलत र भ्रमपूर्ण भाष्यलाई मन्त्रालयले चिर्न समेत मातहतका निकायलाई निर्देशन दिए ।

बैठकमा गृहमन्त्री अर्यालले घाइतेहरुको राहत कार्यविधि छिट्टै टुंग्याउने र जेनजी घाइतेहरुलाई फिल्डमै राहत कार्ड वितरणमा गर्न समेत आदेश दिए ।

गृह सचिव रामेश्वर दंगाले मन्त्रालयले र आफु माताहतका कर्मचारीहरुले गर्नु भएको कार्यसम्पादनमा आफु सन्तुष्ट नै रहेको र मन्त्रालयको जिम्मवारी सम्हालेपछि दर्जन बढी नियमावलीहरू जस्तै राष्ट्रिय परिचयपत्र नियमावली, सशत्र प्रहरी नियमावली लगायत संशोधन भइसकेका र नागरिकता नियमावली पनि अन्तिम चरणमा पुगेको बैठकमा जानकारी दिए ।

सचिव दंगालले मातहतका प्रमुखहरूलाई मन्त्रालयको तत्काल सुधार कार्ययोजनालाई प्राथमिकतामा राखी काम गर्न पनि निर्देशन दिए ।

भदौ २३ गतेको घटना पछि मन्त्रालयमा काम गर्ने शैलीमा हिजोभन्दा आज आकाश जमिनको फरक आएको बताउंदै, कर्मचारीहरुलाई त्यसै अनुरुपको भावना कायम राख्न निर्देशन दिए ।

बैठकमा मन्त्रालय अन्तर्गतका रहनु भएका विभागीय प्रमुख, महाशाखा र शाखा प्रमुखहरुले आफ्नो क्षेत्रका प्रगति र वस्तुस्थितिबारे जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?