३० कात्तिक, काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।
आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमअनुसार आगामी पुस १९ गते बिहान १०:०० बजेदेखि ११:०० बजेसम्म नामावली प्रकाशन, नामावलीमाथि दाबी विरोध तथा उजुरीमाथि छानबिन गरी पुस २२ गते दिउँसो ३:०० बजेदेखि ४:०० बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुस २३ गते बिहान १०:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म उम्मेदवारको मनोनयन, पुस २४ गते बिहान १०:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी, पुस २७ गते बिहान १०:०० बजेदेखि दिउँसो १:०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १:०० बजेदेखि दिउँसो २:०० बजेसम्म उम्मेदवारीको अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २८ गते बिहान १०:०० बजेदेखि दिउँसो १:०० बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रियसभाका १८ सदस्यको निर्वाचन माघ ११ गते सम्बन्धित मतदान केन्द्रमा बिहान ९:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म हुने आयोगले जनाएको छ ।
प्रतिक्रिया 4