+

लालीगुराँस र चित्लाङ एन्फा प्रेसिडेन्ट लिगको फाइनलमा

२०८२ कात्तिक  ३० गते २१:१४ २०८२ कात्तिक ३० गते २१:१४
लालीगुराँस र चित्लाङ एन्फा प्रेसिडेन्ट लिगको फाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लालीगुराँस स्पोर्ट्स एसोसिएसन र चित्लाङ फुटबल क्लब एन्फा प्रेसिडेन्ट लिगको फाइनलमा प्रवेश गरेका छन्।
  • लालीगुराँसले काँक्रेविहार युथ क्लबलाई २–० ले हराएको थियो भने चित्लाङले नव जनजागृति युवा क्लबलाई ९–८ ले सडनडेथमा हराएको थियो।
  • फाइनल २ मंसिरमा हुनेछ र विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन्।

३० कात्तिक, काठमाडौं । लालीगुराँस स्पोर्ट्स एसोसिएसन र चित्लाङ फुटबल क्लब एन्फा प्रेसिडेन्ट लिगको फाइनलमा प्रवेश गरेका छन् ।

आइतबार भएको सेमिफाइनलमा लालीगुराँसले काँक्रेविहार युथ क्लबलाई २–० ले हरायो । विजयी टोलीका मुकुन्द कुमार निउरे र राम थापाले गोल गरे । निउरे प्लेयर अफ द म्याच घोषित भए ।

अर्को सेमिफाइनलमा चित्लाङले नव जनजागृति युवा क्लबलाई सडनडेथमा ९–८ ले हरायो । निर्धारित समय गोलरहित बराबरीमा सकिएको सो खेलको पहिलो ५ पेनाल्टी सुट आउटमा ४–४ को बराबरी भएको हो ।

नव जनजागृतिको १० औ पेनाल्टी असफल भएको थियो भने चित्लाङले सफलता पाएको थियो । चित्लाङका गोल रक्षक विशाल केसी प्लेयर अफ द म्याच घोषित भए ।

उपाधि भिडन्त २ मंसिरमा हुने छ । उपाधि विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

सेमिफाइनल प्रवेश गर्ने ४ टोली राष्ट्रिय लिगमा प्रवेश गरेका छन् ।

एन्फा प्रेसिडेन्ट लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय