+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/6 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
131/5 (17.6)
Shares

प्रचारमा चुनाव चिह्न अंकित कपडा प्रयोग गर्न नपाइने

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते १८:१४

१ मंसिर, काठमाडौं । चुनावी प्रचारमा चुनाव चिह्न अंकित टोपी, टिसर्ट, ज्याकेट, गम्छा, मास्क वा झोला बोक्न नपाइने भएको छ ।

आगामी फागुन २१ गते प्रतिनिधि सभाको चुनाव हुँदैछ । उक्त चुनावको लागि निर्वाचन आयोगले आचारसंहिता बनाएको छ ।

आचारसंहिताको बुँदा नम्बर १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण सम्बन्धी प्रावधान छ । जुन आचरण जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा समेत पालना गर्नुपर्ने हुन्छ ।

जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने हुन्छ । कसैको घरको आसपासमा गई निज वा निजको परिवारको सदस्यको सम्बन्धमा विरोध वा प्रदर्शन गर्न हुँदैछ ।

स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न पाइँदैन ।

जुलुस, आमसभा, कोणसभा वा भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा चौबीस घण्टा अगावै जानकारी गराउनु पर्ने हुन्छ ।

आचारसंहितामा भनिएको छ, ‘जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंिकत लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने ।’

तर, उम्मेदवारले कागजमा आफ्नो तथा राजनीतिक दलको पहिचानको विवरण खुलाईएको पर्चा वितरण गर्न भने पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?