+
+
WC Series
विराटनगर किंग्स 2025
188/3 (17.5)
VS
पोखरा एभेन्जर्स 2025
0/0
Shares

राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा.कल्पना श्रेष्ठ नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २ गते १७:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्रिपरिषद् बैठकले डा.कल्पना कुमारी श्रेष्ठलाई भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ।

२ मंसिर, काठमाडौ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा.कल्पना कुमारी श्रेष्ठ नियुक्त भएकी छिन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा.श्रेष्ठलाई केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । यसअघिका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठको कार्यकाल गत असोजको पहिलो साता नै सकिएको थियो । त्यसयता रिक्त रहेको उक्त पदमा डा.कल्पना नियुक्त भएकी हुन् ।

बरिष्ठ नेफ्रोलोजिस्ट डा.कल्पना २०६८ सालमा राष्ट्रिय प्रत्यारोपण केन्द्र स्थापना भएदेखि नै त्यहाँ कार्यरत छिन् ।

राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई स्थापना कालदेखि यहाँसम्म ल्याउन सक्दो प्रयास गरेको र अब नेतृत्वमा रहेर त्यसलाई निरन्तरता दिने डा.श्रेष्ठले बताइन् ।

मन्त्रालयबाट पत्र बुझेर भोलिबाट कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्ने डा.श्रेष्ठले जानकारी दिइन् । केन्द्रको कार्यकारी निर्देशकको पदावधि ४ वर्षको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?