+
+
WC Series
विराटनगर किंग्स 2025
220/6 (20)
VS
८९ बलमा १५२ रन आवश्यक
पोखरा एभेन्जर्स 2025
69/1 (5.1)
Shares

प्रधानमन्त्रीले भेटिन् जेनजी आन्दोलनमा दुवै आँखा गुमाएका घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २ गते १८:३४

२ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा दुवै आँखा गुमाएका घाइते सन्तोष बोहरालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज पुगेर उनले घाइते बोहराको उपचारको अवस्थाबारे जानकारी लिँदै परिवारसँग पनि भलाकुसारी गरेकोसचिवालयले जनाएको छ ।

वीरेन्द्रनगर नगरपालिका–२, भुरेली, सुर्खेतका बोहरालाई भदौ २४ गते सुर्खेतमै गोली लागेको थियो । गोली लागेपछि उनले दुवै आँखा गुमाएका थिए ।

उनका बुवा चन्द्रबहादुर बोहोराले छोरा सन्तोषलाई यो अवस्थामा पुर्‍याउनेमाथि कारबाही हुनुपर्ने माग गरे ।

उनले आफ्नो छोरा जीवनभर काम गर्न नसक्ने भएकाले श्रीमती, चार वर्षीया छोरी र बुवाआमाको सहारा गुमेकोमा चिन्ता पनि व्यक्त गरे ।

‘तपाईँलाई धेरै दु:ख परेको छ, त्यो त मैले बुझिरहेको छु । किनभने हामी पनि आमाबाबु हौं । सन्तानको माया कस्तो हुन्छ भन्ने मैले पनि महसुस गर्न सक्छु,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘तर यो समस्या तपाईँको मात्र होइन । उपचारका लागि सम्भव हुन सक्ने जति सबै उपाय लगाऔंला । बच्चाको पढाइ, श्रीमतीको कामको लागि पनि पहल गरौँला । चिन्ता नगर्नुहोस् ।’

अस्पतालमा श्रीमती निर्मला र अन्य आफन्तहरू पनि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?