+

लालीगुराँसले जित्यो एन्फा प्रेसिडेन्ट लिगको उपाधि

२०८२ मंसिर  ३ गते ९:५९ २०८२ मंसिर ३ गते ९:५९
लालीगुराँसले जित्यो एन्फा प्रेसिडेन्ट लिगको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लालीगुँरास स्पोर्ट्स एसोसिएसनले एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको फाइनलमा चित्लाङ फुटबल क्लबलाई टाइब्रेकरमा ३–१ ले हराएको छ।
  • गोलरक्षक अन्जल श्रेष्ठले फाइनल खेलको प्लेयर अफ द म्याच र उत्कृष्ट गोलरक्षकको उपाधि पाएका छन्।
  • एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङले विजयी टोली र खेलाडीलाई पुरस्कार प्रदान गर्नुभएको छ।

३ मंसिर, काठमाडौं । गोलरक्षक अन्जल श्रेष्ठको सानदार प्रदर्शनमा लालिगुँरास स्पोर्ट्स एसोसिएसनले एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

मङ्गलवार भएको फाइनलमा लालीगुराँसले चित्लाङ फुटबल क्लबलाई टाइब्रेकरमा ३–१ ले हराएको हो ।

प्रतियोगितामा अन्जल फाइनल खेलको प्लेयर अफ द म्याचको साथै उत्कृष्ट गोलरक्षक घोषित भए । लालीगुराँसका आशिष गुरुङ, नव जनजागृतिका सुजन डङ्गोल र काँक्रेविहार अनीश घर्ती क्षेत्री शीर्ष गोलकर्ता घोषित भए ।

चित्लाङका शिशिर लेखी मस्ट भ्यालुएबल प्लेयर घोषित भए । नव जनजागृतिले फेयर प्लेयर अवार्ड पायो ।

विजयी टोली तथा खेलाडीलाई एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङलगायतले पुरस्कार प्रदान गरे ।

एन्फा प्रेसिडेन्ट लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय