News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ।
- सुनको भाउ बुधबार तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ भने अघिल्लो दिन २ लाख ३९ हजार ५ सयमा कारोबार भएको थियो।
- बुधबार चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँ बढेर प्रतितोला ३१५० रुपैयाँ पुगेको छ।
३ मंसिर, काठमाडौं । बुधबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन २ लाख ३९ हजार ५ सयमा सुनको कारोबार भएको थियो ।
सुनको भाउ पछिल्ला केही दिनमा उच्च उतारचढाव भइरहेको छ । अस्तिको तुलनामा हिजो सुनको भाउ एकैदिन तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको थियो ।
असोज ३१ गते सुनको भाउ अहिलेसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।
बुधबार चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३०९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३१५० रुपैयाँ पुगेको छ । असोज ३१ गते चाँदीको भाउले ३३५० रुपैयाँको रेकर्ड बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4