३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गराएको आरोपमा एक भारतीय सहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हरियाणा रानिमहाल पानीपतका २८ वर्षीय दिलप्रित सिंह र बर्दिया घर भई भारत चण्डिगढ बस्ने २४ वर्षीया रेविका सिंह ठकुरी छन् ।
उनीहरूले ‘खेलाडीलाई स्पोन्सर गर्छौं’ भन्दै ह्वाट्स एप, इन्स्टाग्राम मार्फत सम्पर्क गरी सट्टेबाजी गराएको आरोप छ ।
उनीहरूलाई लाजिम्पाटबाट पक्राउ गरिएको हो । पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4