+
+
Shares

तोलामा ७ सय बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते ११:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको भाउ प्रतितोला २ लाख ४३ हजार रुपैयाँ तोकेको छ।
  • सुनको भाउ एक सातामा ७ हजार २ सय रुपैयाँ घटेर कात्तिक २७ गते २ लाख ५० हजार २ सय रुपैयाँमा पुगेको थियो।
  • चाँदीको भाउ बिहीबार प्रतितोला ३५ रुपैयाँ बढेर ३१८५ रुपैयाँ कायम भएको छ।

४ मंसिर, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका सुनको भाउ प्रतितोला २ लाख ४३ हजार रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ४२ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । एक सातामा भने सुनको भाउ ७ हजार २ सय रुपैयाँ घटेको छ । कात्तिक २७ गते सुनको भाउ २ लाख ५० हजार २ सय रुपैयाँ थियो । त्यस्तै असोज ३१ गते हालसम्मकै उच्च मूल्य २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनेको छ ।

चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३१५० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ३१८५ रुपैयाँ कायम भएको छ । यसअघि असोज ३१ गते चाँदी ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?