+
+
WC Series
लुम्बिनी लायन्स 2025
65/2 (8.4)
VS
६८ बलमा ७८ रन आवश्यक
चितवन राइनोज 2025
142/7 (20)
Shares

एनपीएल हेर्न आएकाबाट पार्किङ शुल्क उठाउन कसैलाई अनुमति दिएको छैन : त्रिवि

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते १६:४६

४ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एनपीएल हेर्न आउने दर्शबाट शुल्क उठाउन कसैलाई अनुमति नदिएको जनाएको छ ।

त्रिविले एक सूचना जारी गरेर भनेको छ, ‘नेपाल क्रिकेट संघद्वारा सञ्चालित क्रिकेट खेल हेर्नको लागि सहभागी दर्शकहरूले प्रयोग गरेका सवारी साधनहरु रंगशालाको आसपासको विश्वविद्यालयको जग्गामा पार्किङ्ग गरे बापत शुल्क लिएको भन्ने कुरामा त्रिविको गम्भीर ध्यानाकर्षण भएको छ ।’

पार्किङ शुल्कबारे कसैसँग सम्झौता नगरिएको त्रिविले जनाएको छ ।

‘स:शुल्क पार्किङ्ग सम्बन्धमा त्रिविद्वारा कुनै पनि व्यक्ति, संघ, संस्थाहरुसंग कुनै सम्झौता नगरेको र अनुमति समेत नदिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?