+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
146/4 (18.3)
VS
Lumbini Lions won by 6 wickets
चितवन राइनोज 2025
142/7 (20)
Shares

एमालेले भन्यो- हाम्रा सभामा घुसपैठ हुनसक्छ, स्वयंसेवक तम्तयार छन्

ज्ञवालीले भने, ‘नेताहरूलाई स्थानहद र घुसपैठ गराउने अवान्छित क्रियाकलाप गराउन सक्नेछन् । त्यसका लागि हाम्रा स्वयंसेवक साथीहरू तम्तयार नै हुनुहुन्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते २०:५०
बिहीबार बसेको एमाले सचिवालय बैठक ।

४ मंसिर, काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीका गतिविधि रोक्न भइरहेका क्रियाकलापप्रति सतर्क र जानकार रहेको बताएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् ।

एमालेले आगामी मंसिर ५ र ६ गते उपत्यका केन्द्रित सभा गर्दैछ । उक्त सभाहरूमा हुनसक्ने घुसपैठप्रति पनि पार्टी जानकार रहेको र त्यसका लागि स्वयंसेवक पनि तम्तयार रहेको उनले जिकिर गरे ।

‘हामी सतर्क छौं । तीन ढंगले हामीलाई अवरोध गर्न खोजेको देखिन्छ । कतिपय ठाउँमा मुठभेड गराउन खोज्ने,’ ज्ञवालीले भने, ‘नेताहरूलाई स्थानहद र घुसपैठ गराउने अवान्छित क्रियाकलाप गराउन सक्नेछन् । त्यसका लागि हाम्रा स्वयंसेवक साथीहरू तम्तयार नै हुनुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?