+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
सुदूरपश्चिम रोएल्स 2025
170/3 (16.2)
Shares

एमाले भोलेन्टियर्स फोर्सका संयोजकको धम्की- लोकेसन ट्र्याक गरेका छौं, घर-घर घेर्छौं

‘जसले जस्तो अवरोध गर्छ, त्यसको प्रतिकार गर्छौं’

‘यो सरकारलाई म चुनौती दिन चाहन्छु– यदि तपाईंहरू सच्चिएनौं भने हामीले तपाईंहरू जस्तो विरोध गर्छ, अवरोध गर्छ त्यसको प्रतिकार गर्छौं,’ उनले भनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ५ गते १७:१६

५ मंसिर, काठमाडौं । नेकपा एमालेले शुक्रबार (आज) घोषणा गरेको ‘नेसनल भोलेन्टियर्स फोर्स’ का संयोजक पुष्पराज श्रेष्ठले पार्टीले आशा गरेर दिएको जिम्मेवारी एक रत्ति पनि मर्न नदिने प्रतिबद्धता जनाएका छन् ।

काठमाडौंको बबरमहलस्थित कार्की बैंन्क्वेटमा आयोजित घोषणा सभालाई सम्बोधन गर्ने क्रममा उनले जस्तोसुकै अवस्थामा पनि सडकबाट मात्रै नभइ जहाँबाट पनि भिड्न तयार रहेको बताए ।

‘पार्टीले जुन आशा भरोसा गरेर हामीलाई एउटा जिम्मेवारी दिएको छ, त्यसलाई एक रत्ति पनि मर्न दिइने छैन,’ श्रेष्ठले सम्बोधनको क्रममा भने, ‘हामी जस्तो अवस्थामा पनि टाउकोमा रातो कफन बाँधेर सडकबाट भने पनि सडकबाट, जहाँबाट लड्न भिड्न पनि तयार छौं ।’

श्रेष्ठले सम्बोधनको क्रममा सरकारलाई धम्की दिँदै नसच्चिएको खण्डमा जस्तोसुकै प्रतिकार गर्न तयार रहेको पनि बताए । ‘यो सरकारलाई म चुनौती दिन चाहन्छु– यदि तपाईंहरू सच्चिएनौं भने हामीले तपाईंहरू जस्तो विरोध गर्छ, अवरोध गर्छ त्यसको प्रतिकार गर्छौं,’ उनले भनेका छन् ।

साथै, जसरी आफ्ना नेताहरूको घरलाई लोकेसन ट्र्याक गरिएको छ त्यसैगरी आफूहरूले पनि लोकेसन हेरेर बसेको जिकिर गरे ।

‘जसरी तपाईंहरूले लोकेसन ट्र्याक गरेर तपाईंहरूले देखाउनुभएको छ, हामीले पनि तपाईंहरूको लोकेसन हेरेका छौं । हामी पनि तपाईंहरूको घर घर घेर्नेछौं,’ उनले भनेका छन् ।

यस्तो छ श्रेष्ठले गरेको सम्बोधन :

यो विषम परिस्थितिमा, घडिमा राष्ट्रको लागि संघीय लोकतान्त्रिक गणतन्त्रको लागि, राष्ट्रको लागि र यो हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रको लागि सारमा यो व्यवस्थाका लागि र यो पार्टी रक्षाका लागि अब नेशनल फोर्सलाई थप जिम्मेवारी काँधमा परेको छ । यसलाई हामीले कुशलताका साथ आफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक अनुशासित भएर, कर्मनिष्ठ भएर कर्तव्य निभाउनेछौं । यति मात्रै होइन, हाम्रो देशमा अहिले जे भइरहेको छ, विदेशी दलालीको मातहतबाट अहिले गोटी बनेर जुन यो सरकार बनिरहेको छ । विदेशी दलालबाट बनेको यो सरकारले हाम्रा जनताको आवाज सुन्न छाडेका छन् । हामीले बोल्ने जुन अधिकार छ, त्यसलाई कुण्ठित गरेर रोक्ने प्रयास गरिरहेका छन् । यस्ता प्रयास अबका दिनबाट बन्द हुनेछ । यो सरकारलाई म चुनौती दिन चाहन्छु– यदि तपाईंहरू सच्चिएनौ भने हामीले तपाईंहरू जस्तो विरोध गर्छ, अवरोध गर्छ त्यसको प्रतिकार गर्छौं । यतिमात्रै होइन, ठाउँ ठाउँमा हाम्रो कार्यक्रम गरेका ठाउँमा, हाम्रो नेताहरू गएका ठाउँमा रोक्ने काम गरेका छन् । डिस्टर्ब गर्ने काम गरेका छन् । अस्ति भर्खर सिमरा एयरपोर्टमा पाँच दश जना जेनजीको नामबाट झुण्ड परिचालित भएको थियो । त्यस्ता झुण्डले यसैगरी डिस्टर्ब गर्न आयो भने हामीले घर घर, जसरी तपाईंहरूले लोकेसन ट्र्याक गरेर तपाईंहरूले देखाउनुभएको छ, हामीले पनि तपाईंहरूको लोकेसन हेरेका छौं । हामी पनि तपाईंहरूको घर घर घेर्नेछौं । हामी यहाँ यत्तिकै घोषणा गरेर, फूल लिन जिम्मेवारी लिएका होइनौं । जुन तरिकाले तपाईंहरूले अपेक्षा गर्नुभएको छ, पार्टीले जुन आशा भरोसा गरेर हामीलाई एउटा जिम्मेवारी दिएको छ, त्यसलाई एक रत्ति पनि मर्न दिइने छैन । हामी जस्तो अवस्थामा पनि टाउकोमा रातो कफन बाँधेर सडकबाट भने पनि सडकबाट, जहाँबाट लड्न, भिड्न पनि तयार छौं । तर यसो भन्दैगर्दा हामी कानुनलाई आफ्नो हातमा लिँदैनौं । कानुनलाई साथमा लिएर राम्रो गर्नेलाई साथ दिनेछौं । जनताको आवाज अहिले जति ठाउँमा घर जलेको छ, घर जलेको मान्छेले पनि घर जल्यो भन्न सकेको छैन । यस्ता आवाजविहीनलाई पनि हामी आवाज बनेर लाग्नेछौं । जसरी सरकारी अड्डा, अदालत, सार्वजनिक सम्पत्तिहरू नष्ट गरेको छ, यी सबैलाई ऊर्जा प्रदान गरेर अरु राजनीतिक दलहरूलाई पनि यसैगरी हातमा हात मिलाएर सडकमा निस्कन पनि मैले आह्वान गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?