+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
१२० बलमा १९४ रन आवश्यक
सुदूरपश्चिम रोएल्स 2025
193/7 (20)
Shares

सिक्किममा ऊनको स्वीटरको प्रिमियर, आजदेखि भारतमा रिलिज

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ५ गते १८:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र ऊनको स्वीटर भारतको सिक्किम राजधानी गान्तोकमा शुक्रबार प्रिमियर गरिएको छ।

नेपालमा राम्रो व्यापार गरेको चलचित्र  ऊनको स्वीटर आजबाट भारतमा रिलिज भएको छ । सिक्किमको राजधानी गान्तोकमा शुक्रबार प्रिमियर गरिएको छ । सिक्किमका प्रतिष्ठित व्यक्तित्व, कलाकार तथा दर्शकहरूको उपस्थिति बीच वेस्ट पोइन्ट मलमा प्रिमियर सम्पन्न भएको चलचित्रका निर्देशक नवीन चौहानले जानकारी दिए ।

चौहानका अनुसार प्रिमियरमा अभिनेता विपिन कार्की, गायक सुजन चापागाईँ, कलाकार भावना खपांगी मगर, डिओपी चिन्तन राज भण्डारी, सम्पादक कृष्ण भण्डारी, निर्देशक नवीन चौहान तथा निर्मातासहितको टिम उपस्थित थियो ।

कार्यक्रमको प्रमुख अतिथि रहेकी पूर्वविधायक तथा पूमुख्यमन्त्री प्रेम सिंह गोलेकी श्रीमती कृष्णा कुमारी राईले चलचित्रप्रति प्रशंसा व्यक्त गरिन्। नेपाली भाषीबीचको एकता झल्काउने मिठो चलचित्र सिक्किममा ल्याएको भन्दै धन्यवाद दिइन् ।

निर्देशक नवीन चौहानले सिक्किमेली दर्शकमाझ चलचित्र प्रस्तुत गर्न पाउनु गर्वको कुरो भएको भन्दै खुसी व्यक्त गरे । भारतभरका नेपाली भाषी दर्शकको साथले भविष्यमा अझ धेरै राम्रा नेपाली चलचित्र नियमित रूपमा रिलिज हुने मार्ग खुलेको उनले बताए ।

प्रिमियरमा उपस्थित दर्शकहरूले सिक्किममा पहिलो पटक यसरी भव्य प्रिमियर हेर्न पाएकोमा खुसी व्यक्त गरे। “नेपालमा यति उत्कृष्ट चलचित्र बन्ने रहेछ भन्ने कल्पना थिएन। भारतमा यसको भविष्य व्यापक देखिन्छ,” एक दर्शकले प्रतिक्रिया दिए। दर्शकहरूले यस्ता स्तरका फिल्महरू नियमित आउने हो भने आफ्नो पहिलो रोजाइ नेपाली चलचित्र नै हुने बताए।

चलचित्र आजदेखि भारतका १४ प्रमुख हलहरूमा प्रदर्शनमा आएको छ ।

गत वैशाख २६ गते नेपालमा रिजिल भएको भएको ‘ऊनको स्वीटरले १२ करोडको व्यापार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?