News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रम स्वीकृति लिने संख्या घटेको छ, भदौमा ४५ हजार ७ सय ३२ बाट कात्तिकमा २२ हजार ५ सय १४ पुगेको छ।
- यूएईले भिसामा कडाइ गरेपछि कात्तिकमा यूएई जाने श्रमिक २ हजार ५ सय ३८ मात्र रहेका छन्, जुन असोजको ९ हजार ८ सय ९८ भन्दा कम हो।
- वैदेशिक रोजगार विभागका अनुसार कात्तिकमा पुनः श्रम स्वीकृति लिने संख्या ५० हजार ५ सय ८० पुगेको छ, जुन असोजको ३१ हजार ३ सय ७३ भन्दा बढी हो।
५ मंसिर, काठमाडौं । नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ ।
हरेक वर्ष बढ्दो क्रममा रहेको वैदेशिक रोजगारी यात्रामा यतिबेला भने विश्राम लागेको देखिन्छ ।
गत भदौमा भएको जेनजी आन्दोेलनपछि विभिन्न देशमा देखिएको अवरोधका कारण वैदेशिक रोजगारीमा जानेको संख्या घट्न थालेको हो ।
युनाइटेड अरब इमिरेट्स (यूएई) ले भिसामा कडाइ गरेपछि जानेको संख्या निकै कम भएको छ । कात्तिकमा श्रम स्वीकृति लिएर जानेको संख्या २२ हजार ५ सय १४ जना छन् । असोजमा ३३ हजार २ सय ६१ जना थिए । भदौमा ४५ हजार ७ सय ३२ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए ।
श्रम स्वीकृति लिएर जानेको संख्या घट्दो क्रममा रहे पनि पुन: स्वीकृति लिनेको संख्या भने बढ्दो क्रममा देखिएको छ ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार कात्तिकमा ५० हजार ५ सय ८० जनाले पुन: श्रम स्वीकृति लिएका थिए । यसअघि असोजमा ३१ हजार ३ सय ७३ जनाले पुन: श्रम स्वीकृति लिएका थिए ।
यूएईले भिसामा कडाइ गरेसँगै कात्तिकमा श्रम स्वीकृति लिएर जानेको संख्या २ हजार ५ सय ३८ छ । असोजमा ९ हजार ८ सय ९८ जनाले श्रम स्वीकृति लिएर यूएई गएका थिए ।
यूएईले जेनजी आन्दोलनपछि भिजिट र वर्किङ दुवै भिसामा कडाइ गरेको थियो । भिजिटलाई कडाइ गरेर केही सहज गरेको छ । तर, वर्किङका हकमा भने अझै पनि नयाँलाई सहज बनाएको छैन । जसले गर्दा प्रमुख श्रम गन्तव्य रहेको यूएईमा जाने श्रमिक संख्यामा निकै कमी आएको हो ।
प्रतिक्रिया 4