News Summary
Generated by OK AI. Editorially reviewed.- कोरियन सौन्दर्य अस्पताल 'लेट मी इन' पोखरामा सञ्चालनमा आएको छ र यसका लागि करिब ५ करोड लगानी गरिएको छ।
- लेट मी इनले ८ वर्षदेखि काठमाडौंमा सेवा दिइरहेको थियो र अब पोखरामा पनि शाखा विस्तार गरेको छ।
- उद्घाटनको अवसरमा सबै सेवामा ३५ प्रतिशत छुट र डाक्टर परामर्श निःशुल्क उपलब्ध गराइएको छ।
५ मंसिर, पोखरा। पोखरेलीका निम्ति छालाको उपचार र सुन्दरताका लागि नै भनेर ‘लेट मी इन’ कोरियन सौन्दर्य अस्पताल सञ्चालनमा आएको छ ।
८ वर्षदेखि काठमाडौंमा सेवा दिइरहेको लेट मी इनले शुक्रबारदेखि पोखरामा पनि सेवा बिस्तार गरेको हो । छाला सम्बन्धी उपचार र सुन्दरताका निम्ति कोरियाली प्रविधि र उत्पादित सामाग्री नामी छ ।

पोखरा ट्रेड मलको चौथो तलामा छालाको उपचार र सुन्दरताका लागि कोरियाली अस्पताल करिब ५ करोड लगानीमा सुरु भएको लेट मी इनका कन्ट्री डाइरेक्टर विनोद सुवेदीले जानकारी दिए ।
कोरियाली प्रविधि र गुणस्तरीय सामाग्रीको लोकप्रियता, नेपालीहरुको माया र हौसलाले पोखरामा पनि शाखा बिस्तार गरिएको लेट मी इनका अध्यक्ष मा तोङ सुले जानकारी दिए । यसअघि यो कम्पनीले काठमाडौंको बानेश्वर र महाराजगञ्जबाट सेवा दिइरहेको थियो ।

पोखराको माग र सम्भावनाको अध्ययन गरेर यो शाखा बिस्तार गरिएको लेट मी इन पोखराका सिइओ शिवराम तिवारीले जानकारी दिए । पोखरामा खोलिएको शाखाको नायिका नीति शाह, कन्टेन क्रियटर सिशन बानियाँलगायतले रिबन काटेर उद्घाटन गरे ।
डाक्टरसहितको सुविधा रहेको शाखामा नर्स, स्वास्थ्यकर्मी र सहयोगी गरी १५ कर्मचारी छन् । अत्याधुनिक प्रविधिसहितको सुविधा भएको पहिलो सौन्दर्य अस्पताल रहेको कम्पनीको दावी छ ।

उदटनको अवसरमा सबै सेवामा ३५ प्रतिशत छुटको व्यवस्था गरिएको शाखाका सिइयो तिवारीले जानकारी दिए । डाक्टर परामर्श निुशुल्क साथै नोभेम्बर ३० सम्म छुट सेवा प्राप्त हुनुको साथै एउटा सामान किन्दा अर्को सामान उपहार पाइने छ ।
प्रतिक्रिया 4