+
+
WC Series
Won कर्णाली याक्स 2025
161/1 (12.2)
VS
Karnali won by 9 wickets
लुम्बिनी लायन्स 2025
156/8 (20)
Shares

वर्तमान सरकारलाई अदालतले संवैधानिक ठहर्‍याउनै सक्दैन : ओली

‘यस्तो सरकारको संवैधानिक परीक्षण सम्मानित अदालतबाट हुनैपर्छ,’ अध्यक्ष ओलीले भने, ‘संविधानले कुनै हालतमा यो सरकारलाई उचित ठहर्‍याउने ठाउँनै छैन । कोर्टले यसलाई संवैधानिक ठहर्‍याउनै सक्दैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ६ गते १४:२९

६ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुनुपर्ने जिकिर गरेका छन् । शनिबार काठमाडौंमा आयोजित जनप्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘यस्तो सरकारको संवैधानिक परीक्षण सम्मानित अदालतबाट हुनैपर्छ,’ अध्यक्ष ओलीले भने, ‘संविधानले कुनै हालतमा यो सरकारलाई उचित ठहर्‍याउने ठाउँनै छैन । कोर्टले यसलाई संवैधानिक ठहर्‍याउनै सक्दैन ।’

अदालतमा गएर यो कामको नेतृत्व एमालेले गर्ने ओलीको भनाइ छ ।

उनले एमाले देशमा शान्ति, सुव्यवस्था भएको, लोकतान्त्रिक व्यवस्था स्थापना र त्यसको प्रयोगका लागि बनेको दाबी समेत गरे ।

‘यस देशको स्वाभिमानको रक्षाका लागि बनेको पार्टी हो । यो पार्टी देशमा शान्ति, सुव्यवस्था भएको, लोकतान्त्रिक व्यवस्था स्थापना र त्यसको प्रयोगका लागि बनेको पार्टी हो,’ ओलीले भने, ‘जनतालाई सहज ढंगले सेवा सुविधा उपलब्ध गराउने उद्देश्यका साथ स्थापित भएको हो । सुशासनयुक्त, शान्तियुक्त समाज स्थापनार्थका लागि बनेको पार्टी हो । देशलाई समृद्ध नेपाल सुखी नेपालीको उद्देश्यमा पुर्‍याउन बनेको हो ।’

एमाले भन्ने पार्टी देशमा छ भन्ने कुरा सबैले बुझ्नुपर्ने उनको भनाइ छ ।

‘यो देशमा नेकपा एमाले छ, सबैले बुझ्नुपर्नेछ । तसर्थ कसैले कुनै हिसाबले, कुनै तरिकाले अवैध र असंवैधानिक, अलोकतान्त्रिक ढंगले देशमा कुनै गडबडी मच्चाएर एकछिनका लागि सरकार कब्जा गरिहाल्यो भने हामी फेरि लोकतान्त्रिक प्रक्रियामा फर्काएर छाड्छौं,’ ओलीले जिकिर गरेका छन् ।

मिचिएको संविधानलाई नमिचिने अवस्थामा फेरि फर्काएर ल्याउने ओलीको उद्घोष थियो ।

‘अराजकताको राज लामो समय जान सक्दैन । नेकपा एमालेले अराजकताको राज छिट्टै अन्त्य गर्छ । नेकपा एमाले जनतासँगै छ, जनताको अघि लागेर राष्ट्रिय, सुशासन ल्याएर देशमा शान्ति ल्याउँछ,’ ओलीको भनाइ छ ।

वर्तमान सरकार संविधान मिचेर बनेको उनको आरोप छ । ‘लोकतान्त्रिक विधि, प्रक्रिया त्यसबाट नबनेको सरकार छ । त्यस प्रणालीलाई अस्वीकार गरेको सरकार छ । यस सरकारलाई हामी अवैधानिक, असंवैधानिक, कृतिम ढंगले लोकतन्त्रका विरुद्धमा खडा गरिएको हिंसा, आगजनी, तोडफोडबाट बनाइएको भनेर सबै जनतालाई थाहा छ,’ ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?