News Summary
Generated by OK AI. Editorially reviewed.- अस्कर अवार्डले नेपालबाट सिफारिस भएको फिल्म 'अञ्जिला'लाई आगामी ९८ औं अस्करका लागि योग्य अन्तर्राष्ट्रिय फिचर फिल्मको सूचीमा राखेको छ।
- फिल्ममेकर दीपक रौनियारसहितका केहीले आवेदन प्रक्रिया पुनः सुरु गर्न र कमिटीका सदस्यबारे पुनर्विचार गर्न अस्कर मुख्यालयमा पत्र लेखेका थिए।
- 'अञ्जिला'लाई नेपालबाट सिफारिस गर्दा भुटानको 'आई, द सङ', बंगलादेशको 'अ हाउस नेम साहना' र भारतको 'होम बाउन्ड' पनि योग्य ठहरिएका छन्।
काठमाडौं । अस्कर अवार्डले ‘अञ्जिला’ नै नेपालबाट सिफारिस भएको यसवर्षको अधिकारिक फिल्म रहेको बताएको छ ।
उक्त फिल्मको सिफारिसलाई लिएर फिल्ममेकरको केही तप्काबाट विरोध भैरहँदा एकेडेमी अफ आर्ट्स एन्ड साइन्सेजले औपचारिकरुपमा आगामी ९८ औं अस्करका लागि योग्य अन्तर्राष्ट्रिय फिचर फिल्मको सूची सार्वजनिक गरेको हो ।
दीपक रौनियारसहितका फिल्ममेकरले अस्करको मुख्यालयमा पत्र लेख्दै आवेदन प्रक्रिया पुनः सुरु गर्न र कमिटीका केही सदस्यबारे पुनर्विचार गर्न आग्रह गरेका थिए ।
यो विवादपछि शुक्रबार आगामी अस्करको अन्तर्राष्ट्रिय फिचर विधाको लागि योग्य ८६ फिल्मको सूची बाहिर आएको हो ।
योसँगै नेपालको अस्कर सहभागितालाई लिएर भैरहेको संशय मेटिएको छ भने ‘अञ्जिला’ ले नै अस्करमा नेपालको प्रतिनिधित्व गर्ने निश्चित भएको छ ।
नेपालबाट ‘अञ्जिला’ सिफारिस हुँदा भुटानबाट ‘आई, द सङ’, बंगलादेशबाट ‘अ हाउस नेम साहना’, भारतबाट ‘होम बाउन्ड’ अस्करको अन्तर्राष्ट्रिय फिचर विधाको लागि योग्य ठहरिएका छन् ।
१६ डिसेम्बरमा यस विधामा सर्टलिस्ट घोषणा हुनेछ भने २२ जनवरीमा मनोनयन घोषणा हुनेछ । १५ मार्चमा ९८ औं अस्कर अवार्ड अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजना हुनेछ ।
‘अञ्जिला’को कुरा गर्दा, यो फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । राष्ट्रिय महिला फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवनकथामा यो फिल्म आधारित छ ।
प्रतिक्रिया 4