News Summary
Generated by OK AI. Editorially reviewed.- चेल्सीले बर्नलीलाई २-० ले पराजित गर्दै प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ।
- म्यानचेष्टर सिटी न्युकासल युनाइटेडसँग २-१ ले पराजित भएर दोस्रो स्थानमा फर्कन सकेन।
- लिभरपुल नटिङहम फरेस्टसँग ३-० ले पराजित भई ११औं स्थानमा छ।
७ मंसिर, काठमाडौं । चेल्सी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लँदा दुई ठूला क्लब म्यानचेष्टर सिटी र लिभरपुल भने पराजित भएका छन् ।
शनिबार चाँडै भएको खेलमा बर्नलीलाई २-० ले पराजित गर्दै चेल्सी दोस्रो स्थानमा उक्लेको हो ।
बर्नलीको मैदानमा भएको खेलमा चेल्सीका लागि पेड्रो नेटोले ३७औं र एन्जो फर्नान्डेजले ८८औं मिनेटमा गोल गरे ।
जितपछि चेल्सी १२ खेलबाट २३ अंक जोडेर दोस्रो स्थानमा उक्लेको हो । एक खेल कम खेलेको आर्सनल २६ अंकसहित शीर्ष स्थानमा छ ।
म्यानचेष्टर सिटीलाई चेल्सीलाई पछि पार्दै दोस्रो स्थानमा फर्कने अवसर थियो । तर न्युक्यासल युनाइटेडसँग २-१ ले पराजित भएपछि सिटीले त्यो मौका गुमायो ।
न्यूकासललाई जित दिलाउन हार्भे बार्न्सले दुई गोल गरे । बार्नले ६३औं मिनेटमा गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए । सिटीका लागि रुबेन डियाजले ६८औं मिनेटमा बराबरी गोल फर्काएका थिए । तर बार्न्सले ७०औं मिनेटमा व्यक्तिगत गोल दोस्रो गोल गर्दै न्यूकासललाई २-१ को अग्रता दिलाएका थिए । त्यही गोल निर्णायक बन्दा न्यूकासलले ३ अंक जोड्न सफल भयो ।
जितपछि न्यूकासल १२ खेलबाट १५ अंक जोडेर १४औं स्थानमा उक्लेको छ । पराजित सिटी २२ अंकसहित तेस्रो स्थानमा छ ।
यस्तै लिभरपुलको खराब लय कायम रहँदा नटिङहम फरेस्टसँग ३-० ले पराजित भएको छ । घरेलु मैदान एनफिल्डमै लिभरपुलले लज्जादपद हार व्यहोरेको छ । सुरुवाती ६ खेलमा लगातार जित हात पार्दै उत्कृष्ट सुरुवात गरेको लिभरपुल त्यसपछि लिगमा लगातार ६ खेलमा पराजित भएको हो ।
नटिङहमका लागि मुरिलो, निकोलो साभोना र मोर्गन गिब्स ह्वाइटले एक-एक गोल गरे ।
लिभरपुल १२ खेलबाट १८ अंकसहित ११औं स्थानमा छ ।
प्रतिक्रिया 4