+
+
Shares

रातो मसी छ्याप्ने गतिविधि लोकतन्त्रको उपहास हो : महेश बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ७ गते ११:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतले अलोकतान्त्रिक सरकारले पक्षपोषण गरेका मान्छेहरू अलोकतान्त्रिक र अराजनीतिक गतिविधिमा सक्रिय रहेको बताएका छन्।
  • बस्नेतले फरक विचार भए शान्तिपूर्ण कार्यक्रम गरेर व्यक्त गर्नुपर्ने र ढुंगा हान्ने, बाटो छेक्ने काम राम्रो नभएको बताए।
  • उनले २३, २४ भदौको आन्दोलन यता जेन–जी युवाप्रति आक्रामक प्रतिक्रिया दिएका छन् र पञ्चायत, शाहीकाल र माओवादीकालसँग तुलना गरेका छन्।

७ मंसिर, काठमाडौं । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतले अलोकतान्त्रिक सरकारले पक्षपोषण गरेकाहरू अलोकतान्त्रिक र अराजनीतिक गतिविधिमा सक्रिय रहेको बताएका छन् ।

सुनसरीमा आयोजति युवा संघको कोशी जागरणसभामा सहभागी हुन त्यसतर्फ गइरहेका बेला सुनसरीमा दुई युवाले उनको गाडी रोकेर बेलुनमा भरिएको रातो छ्यापेको विषयमा प्रतिक्रिया दिँदै बस्नेतले यस्तो बताएका हुन् ।

‘सरकार अलोकतान्त्रिक भएकाले यिनीले पक्षपोषण गरेका मान्छे पनि अलोकतात्रिक र अराजनीतिक गतिविधिमा नै लागेकै छन्,’ उनले भने, ‘यस्तो गतिविधि लोकतन्त्रको उपहास हो ।’

बस्नेतले शान्तिपूर्ण रूपमा राजनीतिक गतिविधि गर्न सबैले पाउने भन्दै फरक विचार भए शान्तिपूर्ण कार्यक्रम गरेर व्यक्त गर्नुपर्ने बताए ।

‘हाम्रो विरोधमा भाषण गर, नारा लगाऊ । ढुंगा हान्ने, बाटो छेक्ने काम राम्रो होइन । केही कुरा छन् भने शान्तिपूर्ण कार्यक्रम गरेर राखे भयो नि,’ बस्नेतले थपे, ‘ आज हामीले कार्यक्रम गर्दैछौं । विरोध नै गर्न मन भए भोलि त्यही ठाउँका शान्तिपूर्ण रूपमा अर्को सभा गरेर विरोध गरे भयो। ढुंगा हान्नुपर्दैन।’

२३, २४ भदौको आन्दोलन यता जेन–जी युवाप्रति आक्रामक सुनिँदै आएका बस्नेतले पञ्चायतका, शाहीकाल र माओवादीकाल समेत समाना गरेर आएको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?