News Summary
Generated by OK AI. Editorially reviewed.- क्याम्ब्रिज शब्दकोशले २०२५ को \'वर्ष शब्द\'को रुपमा \'पारा सोसल\' शब्द घोषणा गरेको छ।
क्याम्ब्रिज शब्दकोशले २०२५ को ‘वर्ष शब्द’ घोषणा गरेको छ । शब्दकोषले ‘पारा सोसल’ (parasocial) नामक शब्दलाई यस वर्षको ‘वर्ष शब्द’ घोषणा गरेको हो ।
यो शब्दले नचिनेको व्यक्ति अथवा एआईसँग मानिसहरूले अनुभव गर्ने भावनात्मक सम्बन्धलाई वर्णन गर्छ । शब्दकोशले जारी गरेको विज्ञप्तिअनुसार यो शब्द समाजशास्त्री डोनाल्ड हर्टन र रिचर्ड वोलले सन् १९५६ मा प्रतिपादन गरेका थिए ।
उनीहरूले टेलिभिजनका दर्शकहरूले टेलिभिजनमा देखिने व्यक्तित्वहरूसँग कस्तो ‘प्यारा-सोसियल’ सम्बन्ध बनाउँछन् भनेर वर्णन गर्न चाहन्थे । तर, त्यसबेलाको त्यस्तो सम्बन्ध आज पनि छ ।
सामाजिक सञ्जालका कारण आज पनि मान्छेहरूले सेलिब्रेटी, इन्फ्लुएन्सरहरूसँग आफ्नो कुनै व्यक्तिगत सम्बन्ध नभए पनि एक प्रकारको सम्बन्ध बनाउने गर्छन् । यसबारे क्याम्ब्रिज शब्दकोशले गायिका टेलर स्विफ्टलाई उदाहरण दिएको छ ।
यस वर्ष एनएफएल स्टार ट्राभिस केल्सीसँग टेलर स्विफ्टले इन्गेजमेन्टको घोषणा गरेकी थिइन् । तर, अधिकांश फ्यानहरूले उनीहरूलाई नभेट्दा पनि जोडीप्रति भावना व्यक्त गरेका थिए ।
पछिल्लो समयमा च्याटजीपीटी जस्ता एआई च्याटबट्सँग मान्छेहरूले जटिल सम्बन्ध बनाउन थालिसकेका छन् । जसलाई लिएर सार्वजनिक रूपमा चिन्ता समेत व्यक्त हुन थालिसकेका छन् । त्यस्तोमा क्याम्ब्रिज शब्दकोशले पारासोसललाई वर्ष शब्द घोषणा गरेको हो ।
त्यस्तै यस वर्ष शब्दकोषले ‘स्लप’ (slop)लाई समेत महत्त्वपूर्ण शब्दको रुपमा थपेको छ । यो शब्दले इन्टरनेटमा पाइने धेरै कम गुणस्तरको सामग्री, जुन विशेष गरी एआईबाट बनाइएको हुन्छ, लाई अर्थ दिन्छ । त्यस्तै अर्को शब्द ‘मेमिफाइ’ पनि हो ।
यसले कुनै घटना, फोटो, व्यक्ति आदिलाई मिममा रूपान्तरण गर्नु भन्ने अर्थ दिन्छ । यसका साथै ‘डेलुलु’ (delulu), ‘स्किबिडी’ (skibidi), ‘ट्रेडवाइफ’ जस्ता ६ हजार नयाँ शब्दहरू समेत थपेको छ ।
संक्षिप्तमा पारासोसल
भेटै नभई प्रविधिको माध्यममार्फत देखेकै आधारमा कसैप्रति नजिक हुनु पारासोसलको सामान्य अर्थ हो । अहिले लाखौं मानिसहरू ‘पारा सोसल’ सम्बन्धमा संलग्न छन् ।त्यसको मुख्य कारण प्रविधि, समाज र संस्कृतिमा आइरहेको परिवर्तन र रूपान्तरण हो ।
प्रतिक्रिया 4