News Summary
Generated by OK AI. Editorially reviewed.- स्पेनिस लालिगा फुटबलमा रियल मड्रिडले एल्चेसँग २-२ को बराबरी खेलेको छ।
- खेलमा एल्चेले दुई पटक अग्रता लिए पनि रियलले बराबरी गोल गर्दै हार टारेको हो।
- बराबरीपछि रियलले बार्सिलोनासँग अंकदूरी बढाउने अवसर गुमाएको छ र रियल १३ खेलमा ३२ अंकसहित एक अंकले अघि छ।
८ मंसिर, काठमाडौं । स्पेनिस लालिगा फुटबलमा रियल मड्रिडले एल्चेसँग बराबरी खेलेको छ । एल्चेको मैदानमा भएको खेल २-२ को बराबरीमा सकिएको हो ।
खेलमा एल्चेले सुरुवाती अग्रता लिएर बराबरी भएपछि फेरि एल्चेले नै अग्रता लिएर रियलले बराबरी गर्दै हार टारेको हो । सबै गोल दोस्रो हाफमै भएका थिए ।
खेलको ५३औं मिनेटमा एलेक्स फेबासले गोल गर्दै एल्चेलाई अग्रता दिलाएका थिए । ७८औं मिनेटमा डिन हुजिसेनले रियलका लागि बराबरी गोल गरे ।
८४औं मिनेटमा अल्भारो रोड्रिग्वेजले एल्चेलाई पुन: अगाडि ल्याउँदा ८७औं मिनेटमा जुड बेलिङहमले गोल गर्दै फेरि खेल बराबरीमा ल्याए ।
एल्चेका भिक्टर कस्टले इन्जुरी समयको अन्तिममा रातो कार्ड पनि पाए ।
बराबरीपछि रियलले प्रतिद्वन्द्वी बार्सिलोनासँग अंकदूरी बढाउने अवसर गुमाएको छ । रियल अब बार्सिलोनाभन्दा १ अंक मात्र अघि छ ।
रियलको १३ खेलमा ३२ अंक छ भने बार्सिलोनाको ३१ अंक छ । एल्चेको १३ खेलमा १६ अंक छ ।
प्रतिक्रिया 4