+
+
WC Series
जनकपुर बोल्ट्स 2025
61/3 (9.6)
VS
६० बलमा ७५ रन आवश्यक
विराटनगर किंग्स 2025
135/7 (20)
Shares

गुरुङ फिल्मको ओटीटी प्लाटफर्म ‘रोधिफ्ल्क्सि’ लन्च, ‘कर्मको बाटो’ रिलिज

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ८ गते १४:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुरुङ फिल्मको पहिलो ओटीटी प्लाटफर्म 'रोधिफ्ल्क्सि' निर्देशक भोज गुरुङको कम्पनी मुनाल फिल्म्सले लन्च गरेको छ।
  • विश्व टेलिभिजन दिवसको अवसरमा सार्वजनिक गरिएको 'रोधिफ्ल्क्सि'मा भविष्यमा अन्य भाषाका फिल्म, म्यूजिक भिडियो र सिरिज अपलोड गर्ने लक्ष्य राखिएको छ।
  • दर्शकले अहिले गुगल प्ले स्टोरबाट एप डाउनलोड गरी 'कर्म क्याँ' फिल्म हेर्न सक्नेछन् भने आइओएसमा चाँडै आउने निर्देशक गुरुङले जानकारी दिनुभयो।

पोखरा । गुरुङ फिल्मको पहिलो ओटीटी प्लाटफर्म ‘रोधिफ्ल्क्सि’ लन्च गरिएको छ । निर्देशक भोज गुरुङको कम्पनी मुनाल फिल्म्सले रोधि टिभीपछि गुरुङ फिल्मको पहिलो ओटीटीको रुपमा ‘रोधिफ्ल्क्सि’ ल्याएको हो ।

यहाँ आयोजित एक कार्यक्रममा ओटीटी संचालनमा आएको जानकारी दिइयो । विश्व टेलिभिजन दिवसको अवसरमा शुक्रबार सार्वजनिक गरिएको यो ओटीटीमा भविष्यमा अन्य भाषाका फिल्म, म्यूजिक भिडियो र सिरिज अपलोड गर्ने लक्ष्य छ ।

दर्शकले अहिले एन्ड्रोइड (गुगल प्ले स्टोर) मार्फत एप डाउनलोड गर्न सक्नेछन् । साथै, ब्राउजरमा रोधिफ्ल्क्सि डटकममार्फत पनि हेर्न सकिने जनाइएको छ । आइओएसमा भने चाँडै आउने निर्देशक गुरुङले जानकारी दिए ।

ओटीटीमा दर्शकले पहिलो फिल्मको रुपमा ‘कर्म क्याँ’ अर्थात ‘कर्मको बाटो’ हेर्न पाउनेछन् । मुलुकका विभिन्न स्थानमा स्क्रिनिङ भैसकेको यो फिल्म ओटीटीमा आउने पहिलो गुरुङ फिल्म समेत बनेको छ ।

नेपालीभाषामा ओटीटी प्लाटफर्म संचालनमा रहेपनि आदिवासी फिल्मतर्फ पनि ओटीटी संचालनमा थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?