News Summary
Generated by OK AI. Editorially reviewed.- धितोपत्र बोर्डले सेयर बजारमा सूचीकृत कम्पनीले बोनस सेयरमा आवश्यक कर रकम व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरेको छ।
- कम्पनीले बोनस सेयर घोषणा गर्दा करका लागि उपयुक्त रकम लाभांशबाट अनिवार्य मिलान गर्नुपर्ने निर्देशिका संशोधन गरिएको छ।
- अब कम्पनीहरूले करका लागि व्यवस्था गरी बाँकी लाभांश लगानीकर्ताको खातामा अनिवार्य जम्मा गरिदिनुपर्नेछ।
८ मंसिर, काठमाडौं । अब सेयर बजारमा सूचीकृत कम्पनीहरुले सेयरधनीलाई लाभांशस्वरुप बोनस सेयर प्रदान गर्दा आवश्यक कर रकम पनि व्यवस्थापन गर्नुपर्ने भएको छ।
बोनस सेयर घोषणा गर्दा कम्पनीले नै करका लागि उपयुक्त रकम लाभांशबाट अनिवार्य मिलान गर्नुपर्ने व्यवस्था धितोपत्र बोर्डले गरेको हो ।
धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकालाई दशौं पटक संशोधन गर्दै बोर्डले यस्तो व्यवस्था गरेको हो । यसअघि निर्देशिकामा यसलाई समेटिएको थिएन ।
जसले गर्दा कम्पनीले बोनस सेयर दिए पनि सोको कर प्रयोजनका लागि नगद छुट्याउनुपर्ने अनिवार्य व्यवस्था थिएन । यद्यपि अधिकांश कम्पनीले बोनस सेयरका लागि आवश्यक कर रकम पनि नगद लाभांशका रुपमा घोषणा गरी मिलान गरिदिँदै आएका छन् ।
कतिपय कम्पनीले बोनस सेयर घोषणा गर्ने तर लगानीकर्ताले सो बोनस सेयरको छुट्टै कर तिरेपछि मात्रै डिम्याट खातामा बोनस सेयर पठाइिदने गरेपछि यस्तो व्यवस्था गरिएको बोर्डले जनाएको छ । कम्पनीले करका लागि रकम व्यवस्थापन नगरेमा र बोनस सेयर खातामा नपाउने जोखिम थियो ।
अब कम्पनीहरूले करका लागि व्यवस्था गरी बाँकी लाभांश लगानीकर्ताको खातामा अनिवार्य जम्मा गरिदिनुपर्नेछ।

प्रतिक्रिया 4