८ मंसिर, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी तोकेका छन् ।
संविधानको धारा १६८ को ३ बमोजिम मुख्यमन्त्री नियुक्त भएर गत २४ कात्तिक बिहान बर्दिबासको पानस होटलमा शपथ लिएका मुख्यमन्त्री यादवले ३ मन्त्री नियुक्त गरेका थिए ।
तीनैजना मन्त्री विना विभागीय थिए । उनीहरूलाई मन्त्रालयको जिम्मेवारी बाँडफाँट गरिएको हो ।
नेकपा एमालेबाट बिना विभागीय मन्त्री नियुक्त गरेका लखन दासलाई ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै नेपाल संघीय समाजवादी पार्टीबाट मन्त्री बनेकी बिमला अन्सारीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालय र राप्रपाबाट मन्त्री बनेकी कञ्चन विच्छालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।
२ मंसिरमा सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई कुनै पनि नीतिगत र दीर्घकालीन प्रभाव पार्ने निर्णय नगराउन अन्तरिम आदेश दिएको थियो । यो आदेश मुद्दाको अन्तिम किनारा नलागेसम्म कायम हुने उल्लेख थियो ।
हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया 4