+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
कर्णाली याक्स 2025
0/0
Shares

महालक्ष्मी विकास बैंकका ग्राहकले अरेबिका र क्याफियोफिलिया कफीमा छुट पाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ८ गते १७:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महालक्ष्मी विकास बैंकका ग्राहकले अरेबिका र क्याफियोफिलिया कफीमा डेबिट, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट १० देखि १५ प्रतिशत छुट पाउने भएका छन्।
  • बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले विभिन्न ट्राभल एजेन्सीबाट टुर प्याकेज खरिद गर्दा ६ देखि १२ महिनासम्म मासिक किस्तामा भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ।
  • अरेबिका कफीका विभिन्न फ्रेन्चाइज र क्याफियोफिलियाका सेवामा छुट सुविधा बैंक र कफी पसलबीचको सम्झौता अनुसार लागू हुनेछ।

८ मंसिर, काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले अरेबिका कफी र क्याफियोफिलिया कफीमा छुट पाउने भएका छन् । भैंसेपाटीस्थित अरेबिका र क्याफियोफिलिया कफीसँग बैंकले सहकार्य गरेको छ ।

सम्झौता अन्तर्गत बैंकका ग्राहकले डेबिट, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा अरेबिका कफीका विभिन्न फ्रेन्चाइजमा छुट पाउने छन् । दरबारमार्ग, बौद्ध, बानेश्वर, भक्तपुरस्थित राधे राधे भक्तपुर, ललितपुर यूएन पार्क, मानभवन, कालीमाटी, बुढानिलकण्ठ र भैंसेपाटी

सेवाहरुमा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । जस अन्तर्गत कफी तथा तातो पेय पदार्थमा १० प्रतिशत र इटालियन खानामा १५ प्रतिशत सम्म छुट ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले भैंसेपाटीस्थित क्याफियोफिलियाले प्रदान गर्ने बेकरी आइटम बाहेकका सेवामा १० प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।

बैंकको क्रेडिट कार्ड बाहकले विभिन्न ट्राभल एजेन्सी मार्फत टुर प्याकेज पनि खरिद गर्दा सहज व्यवस्था गरिएको छ । जसअन्तर्गत ग्राहकले आफूले खरिद गरेको टुर प्याकेजको मुल्य बराबरको रकमको भुक्तानी ६ देखि १२ महिनासम्मको लचिलो अवधि रहने गरी मासिक रुपमा भुक्तानी गर्न मिल्नेगरी रुपान्तरण गर्न समेत सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?