१० मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कमाउँदै पढ्दै नीति कार्यान्वयनको पहल गर्ने भएको छ ।
नेपाल सरकारको आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रमको बुँदा ६७ मा उल्लेख गरिएको ‘कमाउँदै पढ्दै’ भन्ने नीति अनुरूप कक्षा कार्ययोजना बनाइ कार्यान्वयन गर्न पहल गरिने उपकुलपति प्रा डा दीपक अर्यालले बताए ।
कृषि र पशु विज्ञान अध्ययन संस्थान र वन विज्ञान अध्ययन संस्थानमा यो कार्यक्रम लागू गरिने उनको भनाइ छ । ‘अन्य अध्ययन संस्थान र संकायहरूमा पनि क्रमशः यो अवधारणा लागू गरिने छ’, त्रिविको सभामा उपकुलपति अर्यालले भने ।
व्यावसायिक साझेदारी कार्यलाई अगाडि बढाउन व्यवसायीहरूमार्फत ज्ञान, उत्पादन, अनुसन्धान, भौतिक पूर्वाधार निर्माणमा सहयोग आदानप्रदान गरिने उनको भनाइ छ ।
प्रतिक्रिया 4