News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय महिला फुटबल टिमले ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण खेलमा आज साँझ ६:१५ बजे इन्डोनेसियासँग खेल्दैछ ।
- नेपाल र इन्डोनेसियाको महिला फुटबल टिमले ६ वर्षपछि पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका छन् ।
- नेपाली टिमका कप्तान सावित्रा भण्डारी चोटका कारण खेल्ने छैनन् र गोलकिपर एन्जिला तुम्बापो सुब्बाले कप्तानी सम्हाल्नेछिन् ।
१० मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण खेलमा आज इन्डोनेसियासँग खेल्दैछ ।
नेपाल, इन्डोनेसिया र चाइनिज ताइपेई सम्मिलिति प्रतियोगिताको यो पहिलो खेल हो ।
खेल नेपाली समय अनुसार साँझ ६:१५ बजे सुरु हुनेछ ।
नेपाल र इन्डोनेसियाको महिला फुटबल टिम ६ वर्षपछि पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् ।
सन् २०१९ मा भएको ओलम्पिक छनोट (एसियाली क्षेत्र दोस्रो चरण) मा नेपालले इन्डोनेसियालाई २-१ ले पराजित गरेको थियो । त्यसेबला दुवै गोल सावित्रा भण्डारी साम्बाले गरेकी थिइन् ।

तर अष्ट्रेलियाको महिला लिग खेलिरहेकी सावित्रा यस पटक भने चोटका कारण नेपाली टिमबाट खेल्ने छैनन् । हाल नेपालको कप्तान समेत रहेकी सावित्राको अनुपस्थितीमा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले कप्ताद्दी सम्हाल्नेछिन् ।
नेपाली टिमका मुख्य प्रशिक्षक नविन न्यौपानेले इन्डोनेसियामा युरोपमा खेलेका खेलाडीहरु भएकोले टिम बलियो भएपनि नेपालले जितकै लागि खेल्ने बताएका छन् । नेपाली टिमले सावित्रालाई मिस गर्ने तर अन्य खेलाडीहरुले उनको अभावलाई पूरा गर्न सक्ने क्षमता रहेको पनि बताएका छन् ।
प्रतिक्रिया 4