१० मंसिर, काठमाडौं । नेकपा एमालेका पोलिट ब्युरो सदस्य महेश बस्नेतले जेनजीहरू बहकिएकै कारण लोकतान्त्रिक विधिबाट चुनिएको सरकार ढलेको भन्दै धेरै नबहकिन आग्रह गरेका छन् ।
बुधबार धनगढीमा युवा संघ नेपालले आयोजना गरेको युवा जागरण अभियान सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘जेनजी भाइहरू तपाईंहरू धेरै नहबकिनुस् । तपाईंहरू एक चोटी बहकिएको कारणले ७६ जनाको मृत्यु भयो । हाम्रो सिंहदरबार जल्यो । सर्वोच्च अदालत जल्यो । संसद् भवन जल्यो । सारा सरकारी कार्यालयहरू जले । ५०० भन्दा बढी प्रहरी चौकी जले । देश ध्वस्त भयो । लोकतान्त्रिक विधिबाट चुनिएको सरकार ढल्यो ।’
जेनजी आन्दोलनको भरमा सुशीला कार्कीको सरकार आएको भन्दै उनले नबुझ्ने जेनजीहरू अरूले बहकाएको भरमा आन्दोलन गरिरहेको बताए ।
उनले अगाडि भने, ‘बुझ्ने मिरज ढुंगाना लगायत जेनजीहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई घेर्न थालिसके । राष्ट्रपतिको राजीनामा माग्न थालिसके । कुलमान घिसिङलाई घुसिहा भन्दै राजीनामा माग्न थालिसके ।’
प्रतिक्रिया 4