+
+
WC Series
विराटनगर किंग्स 2025
12/2 (2.4)
VS
१०४ बलमा १६३ रन आवश्यक
चितवन राइनोज 2025
174/5 (20)
Shares

स्कुटर चढ्दै गलाको सिक्री थुत्ने पक्राउ, भेटियो पेस्तोल पनि

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १० गते १८:०२

१० मंसिर, काठमाडौं । स्कुटर चढेर गलाको सुनको सिक्री थुत्दै हिँड्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लमजुङको दोर्दी गाउँपालिका–७ घर भएका ३९ वर्षीय टासी गुरुङ छन् । उनलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको हो ।

उनले १ मंसिरमा ठूलो भर्‍याङस्थित सडकमा एक महिलाको गलामा लगाएको १.५ तोलाको सुनको सिक्री लुटेको आरोप छ । स्कुटरमा आएका दुई जनाको समूहले सिक्री थुतेर फरार भएको थियो ।

पक्राउ परेका टासीको जुरङ्खुस्थित कोठा खानतलासी गर्दा ७ं६५ लेखिएको अटो पेस्तोल समेत फेला परेको प्रहरीले बताएको छ । यसको ६ राउण्ड गोली, खुकुरी, लुट्दा प्रयोग गरिएका कपडा, स्कुटर, औठीलगायत बरामल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?