+
+
WC Series
विराटनगर किंग्स 2025
12/1 (2.2)
VS
१०६ बलमा १६३ रन आवश्यक
चितवन राइनोज 2025
174/5 (20)
Shares

रास्वपा र विवेकशील साझाबीच एकता हुँदै

एकताबारे जानकार स्रोतले भन्यो, ‘एकता हुनेमा सहमति जुटेको छ । सम्भवत: एकताको घोषणा सभा पनि गर्न सक्छौं ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १० गते १८:००

१० मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता हुने भएको छ । दुई दलबीचमा एकताको अन्तिम टुंगो लागिसकेको छलफलमा सहभागी दुवै दलका नेताहरूले बताएका छन् ।

दुई दलको एकताको बारेमा जानकार स्रोतले अनलाइनखबरलाई बताए अनुसार एकता घोषणा गर्ने तयारी समेत गरिएको छ । दुई दलको उच्चस्तरीय संवादपछि एकताको टुंगो लागेको जानकारी गराइएको छ ।

एकताबारे जानकार स्रोतले भन्यो, ‘एकता हुनेमा सहमति जुटेको छ । सम्भवत: एकताको घोषणा सभा पनि गर्न सक्छौं ।’ रास्वपाले नयाँ र वैकल्पिक शक्तिहरुसँग एकता वा सहकार्य गर्नका लागि उपसभापति डा. स्वर्णिम वाग्लेलाई जिम्मेवारी दिएको थियो ।

वैकल्पिक शक्तिहरूसँग एकता गर्ने विषयमा विवेकशील साझाका नेताहरु पनि संवादमा जुटिरहेका थिए ।

बुधबार पनि दुई दलका नेताहरूबीच छलफल चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?