+
+
WC Series
लुम्बिनी लायन्स 2025
143/10 (19.4)
VS
८४ बलमा १०० रन आवश्यक
सुदूरपश्चिम रोएल्स 2025
44/2 (5.6)
Shares

जेनजी आन्दोलन : तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा ५९५ जना पक्राउ, २८३ विरुद्ध मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते १४:०४

११ मंसिर, काठमाडौं । जेनजी आन्दोलनका क्रममामा तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा ५९५ जना पक्राउ परेका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार पक्राउ परेकामध्ये २८३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बैठकलाई गृहमन्त्री अर्यालले बिहीबार यस्तो जानकारी दिएका हुन् ।

२३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । खासगरी २४ भदौमा सरकारी, सार्वजनिक र निजी सम्पत्तिमा समेत तोडफोड र आगजनी भएको थियो ।

भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राखेर भएको आन्दोलनका क्रममा तोडफोड र आगजनी गर्नेविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ । सार्वजनिक भिडियो फुटेज लगायतका आधारमा प्रहरीले तोडफोड र आगजनीमा संलग्नलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्दै मुद्दा दर्ता प्रक्रिया अगाडि बढाएको छ । यसक्रममा पक्राउ परेका ५९५ जनामध्ये २८३ जनाबिरुद्द मुद्दा दर्ता भएको हो । उनीहरूविरुद्ध के कस्तो कसुरमा मुद्दा दर्ता भएका छन् त्यो भने गृहमन्त्री अर्यालले खुलाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?