+
+
WC Series
जनकपुर बोल्ट्स 2025
6/0 (0.2)
VS
११८ बलमा १५० रन आवश्यक
पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

लुटिएकामध्ये ७२३ हतियार फिर्ता, ४८ सय ५७ कैदीबन्दी अझै फरार

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते १७:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा लुटिएका ७२३ हतियार फिर्ता भएका छन् भने ९ हजार ६९७ कैदीबन्दी फिर्ता भइसकेका छन्।
  • जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा सम्लग्न ५९५ जना पक्राउ परेका छन् र २८३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।
  • सरकारले अझै बाहिर रहेका कैदीबन्दीलाई फिर्ता ल्याउन विशेष अपरेसन सञ्चालन गरिरहेको छ र अनुसन्धान प्रक्रिया जारी छ।

११ मंसिर, काठमाडौं । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा लुटिएका हतियारमध्ये ७२३ फिर्ता भएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बिहीबार बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेसम्म ७२३ हतियार फिर्ता भएको जानकारी दिए ।

यसअघि गत २७ कात्तिकमा राष्ट्रिय सभा अन्तरगतको संघीयता  सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृहमन्त्रीले ७१८ थान हतियार फिर्ता भएको विवरण प्रस्तुत गरेका थिए । त्यसयता थप पाँच थान हतियार बरामद भएको हो ।

जेनजी आन्दोलनका क्रममा भागेका वा फरार रहेका कैदीबन्दी फिर्ता हुनेक्रम समेत जारी रहेको उनले बताए । जेनजी आन्दोलनका क्रममा भागेकामध्ये ४ हजार ८५७ कैदीबन्दी अझै बाहिरै छन् ।

गृहमन्त्री अर्यालका अनुसार २४ भदौमा भागेकामध्ये ९ हजार ६९७ कैदीबन्दी फिर्ता भइसकेका छन् । ‘अझै बाहिरै रहेकाहरूलाई फिर्ता ल्याउन सरकारले विशेष अपरेसन सञ्चालन गरिरहेको छ,’ अर्यालले भने ।

बैठकमा उनले जनाएअनुसार जेनजी आन्दोलनका क्रममामा तोडफोड र आगजनीमा सम्लग्न ५९५ जना पक्राउ परेका छन् । परेकामध्ये २८३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

जेनजी आन्दोलनको क्रममा २४ भदौमा सरकारी, सार्वजनिक र निजी सम्पत्ति तोडफोड र आगजनी भएको थियो ।

भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राखेर भएको आन्दोलनका क्रममा तोडफोड र आगजनी गर्नेविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ । सार्वजनिक भिडियो फुटेज लगायतका आधारमा प्रहरीले तोडफोड र आगजनीमा सम्लग्नलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्दै मुद्दा  दर्ता प्रक्रिया अगाडि बढाएको छ ।

यसक्रममा पक्राउ परेका ५९५ जनामध्ये २८३ जनाविरुद्द मुद्दा दर्ता भएको हो । उनीहरूविरुद्ध के कस्तो कसुरमा मुद्दा दर्ता भएका छन् भन्ने गृहमन्त्री अर्यालले खुलाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?