+
+
WC Series
जनकपुर बोल्ट्स 2025
119/8 (18.2)
VS
१० बलमा ३७ रन आवश्यक
पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

महराबारे उच्चले भन्यो- कसैले पोलेको छैन, थुन्नुपर्ने प्रमाण पनि देखिएन

मूल अभियोग र पहिलो पुरक अभियोगको समेत प्रमाणहरुको विश्लेषण गरी फैसला भइसकेको, बयान तथा प्रमाणले समेत उनलाई तत्काल थुनामा राख्न पर्ने कुनै कारण नदेखिएको उल्लेख उच्च अदालतले गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते १७:०२

११ मंसिर, काठमाडौं । सुन तस्करीको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराबारे थप प्रमाण संकलन नगरी अभियोग गर्दा गरिएको उच्च अदालतले पाटनले उल्लेख गरेको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले महरालाई धरौटीमा छाड्न आदेश दिँदै उक्त व्यख्या गरेको हो । महरालाई २० लाख धरौटीमा छाड्न आदेश दिँदै अदालतले भनेको छ, ‘मूल जाहेरीमा महराको नामै छैन । पहिलो पुरक अभियोगमा पनि उनीबारे केही उल्लेख छैन । अरु अभियुक्तले पनि पोल गरेको देखिँदैन ।’

चोरी पैठारी भएको भनिएको सुन समेत बरामद नभएको र अहिले पेश भएको पूरक अभियोगमा कुनै थप प्रमाण संकलन नगरी मुद्दा चलाएको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानमै अदालतले प्रश्न उठाएको छ ।

मूल अभियोग र पहिलो पुरक अभियोगको समेत प्रमाणहरुको विश्लेषण गरी फैसला भइसकेको, बयान तथा प्रमाणले समेत उनलाई तत्काल थुनामा राख्न पर्ने कुनै कारण नदेखिएको उल्लेख उच्चले गरेको छ ।

यसअघि २९ असोज मा काठमाडौं जिल्ला अदालतले गरेको आदेश उल्टाउँदै उनलाई २० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

प्रमाणका साथै उनको स्वास्थ्य, उमेर जस्ता विषयलाई पनि आधार मान्दै धरौटीमा छाड्न अदालतले आदेश दिएको हो । उनलाई गत असोज २६ गते सीआईबीले पक्राउ गरेको थियो ।

१० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइटनम्बर एफजेट०५८७ नम्बरबाट काठमाडौं आएका चिनियाँ राहदानी बाहक लि हानसोङले २ वटा सुटकेश ल्याएका थिए ।

उक्त सुटकेशभित्र ७३ वटा बट्टामा रहेका ७३० थान भेप ल्याएका थिए । उक्त भेपमा भने सुन लुकाएर ल्याइएको थियो । ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन ल्याइएको थियो ।

उक्त सुन भन्सारका नासु रेवनत खड्का समेतको मिलेमतोमा बेचिएको अनुसन्धानले खुलाएको थियो ।

उक्त सुन छुटाउन भन्दै महराले भन्सारमा दबाब दिएको आरोप लागेको थियो । यो प्रकरणका उनका छोरा राहुल महरा यसअघि पक्राउ परेर कारागार समेत चलान भएका थिए ।

दुई वटा सुटकेश शंकास्पद देखिएपछि चेकजाँच गर्दा भेप देखिपछि विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । पासपोर्ट फिर्ता लिएर हासोङले पर्सिपल्टै काठमाडौं छाडे । भेप भने लामो समयसम्म भन्सारमै थन्कियो ।

भेपमा तस्करीको सुन भएको सूचना पाएपछि विमानस्थलका कर्मचारीले सुटुक्क साटे । भेप साटिएको शंका लागेपछि २६ वैशाख २०८० मा भन्सारले सीआईबीलाई पत्राचार गर्दै अनुसन्धान गर्न भनेको थियो ।

२ महिनासम्म लगाएर अनुसन्धान गरेको सीआईबीले ९ किलो सुन तस्करी भएको निष्कर्ष निकाल्दै भन्सारकै नासु रेवन्त खड्कासहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

पूरक अभियोजनमा चिनियाँ मूलका बेल्जियमका नागरिक दावा छिरिङ, उनका गाडी चालक लोकेन्द्र पौडेल, राहुल महरा, नीमा गुरुङलाई मतियार बनाएर मुद्दा दायर गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?