+
+
WC Series
चितवन राइनोज 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
0/0
Shares

ह्वाइट हाउसनजिकै भएको गोली प्रहारबाट घाइते सैनिकको मृत्यु 

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १०:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिंगटन डीसीमा गोली प्रहारबाट घाइते नेशनल गार्डकी २० वर्षीया सारा बेकस्ट्रोमको मृत्यु भएको बताएका छन्।
  • घाइते अर्का नेशनल गार्ड २४ वर्षीय एन्ड्रू वोल्फ आफ्नो जीवनका लागि संघर्षरत छन्।
  • गोलीबारीको आरोपमा अफगानिस्तानका २९ वर्षीय रहमानुल्लाह लकनवाललाई पक्राउ गरिएको छ।

१२ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिंगटन डीसीमा बुधवार भएको गोली प्रहारबाट घाइते भएका नेशनल गार्डका दुई सदस्यमध्ये एकको मृत्यु भएको बताएका छन्।

राष्ट्रपति ट्रम्पले बिहीबार साँझ बताएअनुसार २० वर्षीया सारा बेकस्ट्रोमले चोटका कारण ज्यान गुमाएकी हुन् ।

घाइते दुईमध्ये एक सारा बेकस्ट्रोमलाई गोली लागे लगत्तै अस्पतालमा भर्ना गरिएको थियो।

ट्रम्पका अनुसार, यस हमलामा घाइते भएका अर्का नेशनल गार्ड २४ वर्षीय एन्ड्रू वोल्फ आफ्नो जीवनका लागि संघर्षरत छन् ।

बुधवार दिउँसो वासिंगटन डीसीको केन्द्रमा रहेको फरागुट स्क्वायर नजिकै दुवैलाई नजिकैबाट गोली हानिएको थियो। प्रहरीले गोलीबारीको आरोपमा अफगानिस्तानका २९ वर्षीय रहमानुल्लाह लकनवाल नामक एक संदिग्धलाई पक्राउ गरेको छ।

राष्ट्रपति ट्रम्पले अमेरिकी सेनाका सदस्यहरूसँग थ्याङ्क्सगिभिङको अवसरमा गरिएको कुराकानीको क्रममा सुश्री बेकस्ट्रोमको मृत्युको पुष्टि गरेका थिए।

उनले भने, ‘वेस्ट भर्जिनियाकी सारा बेकस्ट्रोम, हामीले कुरा गरिरहेका गार्ड्सम्यानमध्ये एक, उच्च सम्मानित, जवान, शानदार व्यक्ति… उनको भर्खरै निधन भयो। उनी अब हामी माझ छैनन्।’

सीबीएस न्यूजका अनुसार, ट्रम्पले पछि उनका आमाबाबुसँग कुरा गरेको ह्वाइट हाउसका एक अधिकारीले जानकारी दिएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?