News Summary
Generated by OK AI. Editorially reviewed.- एनसेलले डिसहोमसँग सहकार्यमा एनपीएल दोस्रो संस्करणको डिजिटल स्ट्रिमिङका लागि एनपीएल प्ले प्याक सञ्चालनमा ल्याएको छ।
- एनपीएल प्ले प्याकमा ग्राहकले २८ दिनका लागि १ जीबी डेटा बन्डल सहित करसहित २९९ रुपैयाँमा खेल लाइभ हेर्न पाउनेछन्।
- एनसेल फाउन्डेसनले प्रत्येक चौका बापत ग्रामीण क्षेत्रका विद्यालयका विद्यार्थीलाई ४ वटा शैक्षिक सामग्री प्रदान गर्ने घोषणा गरेको छ।
१२ मंसिर, काठमाडौं । एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको डिजिटल स्ट्रिमिङ पार्टनर डिसहोमसँगको सहकार्यमा एनपीएल प्ले प्याक सञ्चालनमा ल्याएको छ ।
यो प्याकका साथ ग्राहकले डिसहोम गो एपमार्फत हाल भइरहेका खेलहरूको मजा आफ्नै मोबाइलमा लिन सक्छन् ।
ग्राहकले एनपीएल दोस्रो संस्करणका खेलहरू सहज रुपमा हेर्न सकुन् भन्ने उद्देश्यले एनपीएल प्ले प्याक सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ । ग्राहकले बन्डल भएर आउने थप डेटा र सुविधाका आधारमा कर सहित २९९ रुपैयाँ पर्ने एनपीएल प्ले प्याक लिन सक्छन् । प्याकमा खेलको लाइभ मजा लिन डिसहोम गो एपमा सहज पहुँच सुनिश्चिन गरिएको छ ।
‘एनपीएल प्ले प्याकमा ग्राहकले २८ दिनका लागि मान्य रहने १ जीबी डेटा बन्डल सेवाका रुपमा पाउँछन् । ग्राहकले एनसेल एप वा एष्ट्रिक्स १२३ ह्यास डायल गरी सहजै यी प्याक खरिद गर्न सक्छन्’ एनसेलले विज्ञप्तिमार्फत भनेको छ । मुलुकभर रहेका एनसेलका खुद्रा विक्रेताहरु मार्फत पनि प्याक खरिद गर्न सकिन्छ ।
प्याक लिएपछि ग्राहकले आफ्नो मोबाइल नम्बरमा प्राप्त एसएमएफमार्फत डिसहोम गो एप लगइन गरी एनपीएलका खेलहरु लाइभ हेर्न पाइनेछ ।
एनसेलले एनपीएलसँग पहिलो संस्करणमा जस्तै दोस्रो संस्करणमा पनि ‘पावर्ड बाइ’का रुपमा सहकार्य जारी राखेको छ । यस पटक ‘युनाइटेड बाइ क्रिकेट, कनेक्टेड बाइ एनसेल’ भन्ने नाराका साथ एनपीएलमा एनसेल आवद्ध रहेको छ । एनपीएलका खेलहरुलाई थप रोमाञ्चक बनाउनका लागि एनसेलले एनपीएल फ्यान प्याकहरु पनि सर्वाजनिक गरिसकेको छ ।
यसैगरी एनसेल फाउन्डेसनले पनि गत वर्ष जस्तै यस वर्ष व्यवसायिक सामाजिक जिम्मेवारीअन्तर्गतको कामलाई जारी राखेको छ । जसमा एनपीएलका खेलमा प्रहार हुने प्रत्येक चौका बापत एनसेलले ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामग्री प्रदान गर्ने घोषणा गरेको छ ।
प्रतिक्रिया 4