+
+
WC Series
कर्णाली याक्स 2025
0/0
VS
विराटनगर किंग्स 2025
0/0
Shares

स्वास्थ्यमन्त्रीसँग भारतीय राजदूतको भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १५:५१

१२ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतम र भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

सचिवालयका अनुसार, उनीहरूबीच शुक्रबार दिउँसो भेटवार्ता भएको हो ।

भेटका क्रममा, दुई देशबीचको ऐतिहासिक र अतुलनीय मित्रता रहेको तथा स्वास्थ्य क्षेत्रमा विद्यमान द्विपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने सम्बन्धमा गहन छलफल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपाल–भारतबीचको सम्वन्ध गहिरो रहेको र र स्वास्थ्य क्षेत्रमा भारतले गरेको निरन्तर सहयोगप्रति धन्यवाद स्वास्थ्यमन्त्री गौतमले व्यक्त गरिन् ।

साथै भेटका क्रममा मातृ तथा शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, स्वास्थ्य बीमा, राष्ट्रिय औषधी प्रयोगशालाको परीक्षण क्षमता अभिवृद्धि र प्रवासमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य सुधार मन्त्रालयका प्रमुख प्राथमिकतामा रहेको बताए ।

राजदूत श्रीवास्तवले भारत–नेपाल सम्बन्धको महत्व दोहोर्‍याउँदै राष्ट्रिय औषधी प्रयोगशालाको स्तरोन्नतीको लागि भवन निर्माण, आवश्यक उपकरण तथा सोको लागि जनशक्तिको तालिममा सहयोग गर्न सकिने विषयमा प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?