+

गिरोनासँग रियल मड्रिडको बराबरी

२०८२ मंसिर  १५ गते ८:५० २०८२ मंसिर १५ गते ८:५०
गिरोनासँग रियल मड्रिडको बराबरी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पेनिस लालिगा फुटबलमा रियल मड्रिडले गिरोनासँग १-१ गोलको बराबरी खेलेको छ।
  • खेलको ४५औं मिनेटमा एजेडिन ओनाहीले गिरोनालाई अग्रता दिलाएका थिए भने ६७औं मिनेटमा किलियन एमबाप्पेले पेनाल्टीमार्फत बराबरी गोल गरे।
  • रियल मड्रिड १४ खेलमा ३३ अंकसहित दोस्रो स्थानमा छ भने बार्सिलोना ३४ अंकसहित शीर्ष स्थानमा छ।

१५ मंसिर, काठमाडौं । स्पेनिस लालिगा फुटबलमा रियल मड्रिडले गिरोनासँग बराबरी खेलेको छ । गिरोनाको घरेलु मैदानमा भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो ।

खेलको ४५औं मिनेटमा एजेडिन ओनाहीले गोल गर्दै गिरोनालाई अग्रता दिलाएका थिए । ६७औं मिनेटमा किलियन एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलमा त्यसपछि कुनै गोल भएनन् । बराबरीपछि रियल १४ खेलमा ३३ अंक जोडेर दोस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको बार्सिलोनाको समान खेलमा ३४ अंक छ ।

अघिल्लो दिन भएको खेलमा बार्सिलोनाले अलाभेसलाई हराउँदै शीर्षस्थानमा उक्लिएको थियो। रियलको बराबरीपछि बार्सिलोना कम्तीमा यो सातालाई शीर्षमा कायमै रहनेछ।

ला लिगा स्पेनिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय