+
+
Shares

जेनजी आन्दोलनमा मोरङको सीडीओ कार्यालय आगजनीको आरोपमा ६ जना समातिए

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते ११:४८
जिल्ला प्रशासन कार्यालय मोरङको भवन ।

१५ मंसिर, काठमाडौं । मोरङको जिल्ला प्रशासन कार्यालय र सरकारी वकिल कार्यालयमा तोडफोड तथा आगजनी गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा विराटनगरको महानगरपालिका–३ का ४१ वर्षीय महेश नेपाल, विराटनगर–५ का २६ वर्षीय आवाज पौडेल, विराटनगर–१० का ३२ वर्षीय राजिव यादव, सोही ठाउँका ३७ वर्षीय ताजिम अन्सारी, विराटनगर–११ का २९ वर्षीय अरुण साह र विराटनगर–६ का ५५ वर्षीय बलराम कामत छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले पक्राउ गरेको हो । जेनजी आन्दोलनको क्रममा उनीहरुले तोडफोड र आगजनी गरेको आरोप छ ।

पक्राउ परेकाहरुमाथि आपराधिक उपद्रवको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?