News Summary
Generated by OK AI. Editorially reviewed.- कागती पानी सेवनले शरीरको रोगप्रतिरोधी क्षमता बढाउने र विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ।
कागती एक बहुउपयोगी फल हो । दात, तरकारी, अचारदेखि चिया, मह, तातोपानी समेतमा मिसाएर कागती सेवन गर्ने गरिन्छ ।
खानेकुरालाई स्वादिलो बनाउने मात्रै नभएर स्वास्थ्यका हिसाबले पनि यो निकै लाभकारी हुन्छ । विशेषगरी गर्मीको समयमा शरीरलाई शीतल बनाउनका लागि कागती पानी सेवन गर्ने गरिन्छ । कागतीपानी सेवनले शरीरलाई शक्ति दिने र शरीरमा पनीको मात्रा कम हुनबाट बचाउने काम गर्छ ।
कागतीमा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ । यसले शरीरको रोगप्रतिरोधी क्षमता बढाउनले काम गर्छ ।
जाडो महिनामा कागती सेवन गर्नु कत्तिको राम्रो ?
विज्ञहरूका अनुसार जाडो महिनामा पनि कागतीपानी सेवन गर्नु शरीरका लागि राम्रो हो । किनभने यसले रोगप्रतिरोधी क्षमता बढाउन भूमिका खेल्छ । जाडो महिनामा खासगरी बिहानको समयमा तातोपानीमा मिसाएर कागती खानु उपयुक्त हुन्छ ।
हरेक दिन बिहान कागती पानीको सेवनले शरीरमा भएको विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ । यसो हुँदा शरीरको पाचन प्रक्रिया राम्रो बन्छ । जाडोमा मेटाबोलिल्म अर्थात खानेकुरालाई ऊर्जामा परिणत बनाउने प्रक्रिया कम हुन्छ । कागती पानीले मेटाबोलिल्म सुधारका लागि सहयोग गर्छ ।
जर्नल अफ न्यूट्रिसनमा प्रकाशित अनुसन्धान अनुसार, साइट्रिक एसिड र हाइड्रेशन भएको पेय पदार्थले मेटाबोलिज्म दर बढाउन, भोक नियन्त्रण गर्न र तौल व्यवस्थापनमा प्रभाव पार्न सक्छ । यस कारण मनतातो पानीमा कागतीको रस मिसाएर पिउनाले मेटाबोलिज्म बढ्छ । कागतीमा रहेको साइट्रिक एसिडले शरीरको बोसो, विशेष गरी पेटको बोसो जलाउन मद्दत गर्ने कुरा अध्ययनहरूले देखाएका छन् ।
यी कारणहरूले गर्दा जाडोको समयमा पनि कागती पानी पिउँदा कुनै हानि गर्दैन बरु धेरै फाइदा नै हुन्छ । विशेषगरी खाना खाएपछि कागती पानी पिउनु बढी लाभदायक हुन्छ।
कसले नपिउने ?
कागती पानी धेरै लाभदायक भए पनि कसैका लागि भने यो हानिकारक बन्न सक्छ । एसिडिटीको समस्या भएका, अल्सर भएका, रक्तचाप कम भएका व्यक्तिका लागि पनि कागतीको सेवन उपयुक्त हुँदैन । अमिला फलफूलसँग एलर्जी भएका, दाँतको समस्या भएका व्यक्तिले पनि सेवन गुर्नुहुँदैन ।
प्रतिक्रिया 4