News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले डिसेम्बर ३ देखि ७ सम्म मलेसियाको क्वालालम्पुरमा हुने आईइएसएफ विश्व ईस्पोर्ट्स च्याम्पियनसिप २०२५ मोबाइल लेजेन्ड्सः ब्याङ ब्याङमा सहभागिता जनाउने भएको छ।
- नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले मलेसिया जाने ईस्पोर्ट्स टिमलाई बिदाइ गर्दै अन्तर्राष्ट्रिय मञ्चमा बलियो प्रदर्शन गर्ने आशा व्यक्त गर्नुभयो।
- नेपालले पुरुष र महिला दुवै विधामा टोली पठाउनेछ, जसमा पुरुष टोलीमा विकास तामाङ, किशोर गुरुङ लगायत र महिला टोलीमा रुशु तामाङ, प्रकृति तामाङ लगायत रहेका छन्।
१४ मंसिर, काठमाडौं । नेपालले आईइएसएफ विश्व ईस्पोर्ट्स च्याम्पियनसिप २०२५ मोबाइल लेजेन्ड्सः ब्याङ ब्याङ (एमएलबीबी)मा सहभागिता जनाउने भएको छ । सो प्रतियोगिता डिसेम्बर ३ देखि ७ तारिखसम्म मलेसियाको क्वालालम्पुरमा हुँदैछ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार मलेसिया जाने ईस्पोर्ट्स टिमलाई बिदाइ गरे । एनओसी अध्यक्ष श्रेष्ठले इस्पोर्ट्सका खेलाडी तथा पदाधिकारीलाई शुभकामना र प्रोत्साहन दिँदै भने, ‘यो टिमले अन्तर्राष्ट्रिय मञ्चमा बलियो प्रदर्शन गरी राष्ट्रको गौरव बढाउने आशा गरेको छु । ईस्पोर्ट्स तीव्र गतिमा लोकप्रिय भइरहेको र एनओसीले ईस्पोर्ट्सले खेलका साथै युवा प्रतिभाशाली खेलाडीहरुलाई सक्दो सहयोग गर्नेछ।’
आईइएसएफ विश्व ईस्पोट्र्समा नेपालले महिला र पुरुष दुवै विधामा सहभागिता जनाउनेछ । पुरुष टिममा विकास तामाङ, किशोर गुरुङ, आयुष भण्डारी, आयुष राई र अभिषेक वाइबा रहेका छन् । प्रशिक्षकमा म्याथ्यू ह्वी योङ तान छन् ।
महिला एमएलबीबीमा रुशु तामाङ, प्रकृति तामाङ, स्नेहा राई, एक्सा माबो र दुर्सन राईले प्रतिस्पर्धा गर्छनेछन् । महिला टोलीको प्रशिक्षकमा सुमित श्रेष्ठ छन् ।
यसैगरी नेपाल ईस्पोर्ट्स संघका अध्यक्ष सुरज डङ्गोल पनि मलेसिया जानेछन् ।
प्रतिक्रिया 4