+
+
Shares

प्रचण्डसँग मर्निङ वाक गर्न ओलीलाई रावलको चुनौती

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते १५:२६

१५ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले आफ्नो पार्टीका नेताहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘वृद्धहरूको पार्टी’ भनेकोप्रति आपत्ति जनाएका छन् ।

सोमबार विराटनगरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

रावलले आफ्नो पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग बिहान बिहान हिंडेर देखाउन समेत ओलीलाई चुनौती दिए ।

‘उहाँ (केपी ओली) ले नेपाली कम्युनिस्ट पार्टी बुढाहरूको पार्टी हो भनेर भन्नुभएछ । मलाई अचम्म लाग्यो । मैले उहाँलाई केही वर्षदेखि हेरेको, कयौं दिन त उहाँ बालुवाटारमै सुतिरहनुहुन्थ्यो,’ रावलले भने, ‘अब साँच्चै गर्ने नै हो भने त, हामीसँग प्रतिस्पर्धा गर्नुपरेन । हाम्रो पार्टीको संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग विराटनगरमा हिँडौं न त । कसले हिंड्दो रहेछ बढी । अनि के को बुढा ? के को तन्नेरी ?’

उनले यस्ता भ्रममा नपर्न पनि नेता कार्यकर्तालाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?