१५ मंसिर, काभ्रेपलाञ्चोक । नेकपा एमालेको ११औं महाधिवेशनका लागि सिन्धुलीमा १८ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । १३ मंसिरमा नै प्रतिनिधि छनोट हुनुपर्ने भए पनि सर्वसहमतिको प्रयास गर्दा सोमबार दिउँसो मात्र प्रतिनिधि टुंगो लागेको नेताहरूले बताएका छन्।
जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठका अनुसार, सिन्धुली-१ बाट प्रदीप कटुवाल, बद्री देवकोटा, सुमन चौधरी, तारादेवी पोखरेल र पूर्ण थापा खुल्ला तर्फ चयन भएका छन् । महिला तर्फ पार्वती सुनुवार, पदम माया तामाङ र मञ्जु देवकोटा तथा युवा तर्फ लालबहादुर बुढाथोकी सर्वसम्मत चयन भएका छन् ।
यो क्षेत्रबाट प्रतिनिधि छनोट भएका ९ मध्ये ७ जना (बद्री, सुमन, तारादेवी, पूर्ण, पार्वती, पदममाया र मञ्जु) ईश्वर पोखरेल पक्षमा खुलेका नेता हुन् । प्रदिप र लालबहादुर भने संस्थापन नजिक मानिन्छन् ।
मञ्जु देवकोटा विद्या भण्डारी नजिक छन् भने पदममाया तामाङ कतै खुलेका छैनन् । उनी संस्थापन इतर पक्षमै खुल्ने सम्भावना रहेको एक नेताले बताए ।
सिन्धुली-२, बाट जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, जिल्ला उपाध्यक्ष कर्णबहादुर घिसिङ, गोविन्दलाल माझी, र रमणराज गिरी खुल्ला तर्फ चयन भएका छन् । महिला तर्फ अप्सरा खड्का, प्रमिला वाइबा र रश्मिला देवकोटा तथा युवा तर्फ दीपक माझी प्रतिनिधि चुनिएका छन् ।
दलित तर्फ सरोज विक छनोट भए ।
यो क्षेत्रबाट छनोट भएका ९ मध्ये कर्णबहादुर, गोविन्दलाल, रोमणराज, रश्मिला र दीपक इतर पक्षमा खुलेका छन् भने जिल्ला अध्यक्ष महेन्द्रदेव सहित प्रमिला, अप्सरा र सरोज संस्थापन तर्फ खुलेका छन् । रोमणराज पूर्वमाओवादी हुन् ।
नेताहरूका अनुसार प्रतिनिधि छनोटमा जिल्ला इन्चार्ज मनोजजंग थापा हाबी भएका छन् । तीन जना केन्द्रीय सदस्य रहेको सिन्धुलीमा थापाले संस्थापन इतरको नेतृत्व गर्छन् भने विशमलाल अधिकारी दनुवार र उमा कोइरालाले संस्थापनको नेतृत्व गर्छन् ।
ओली पक्षको नेतृत्व जिल्ला अध्यक्ष महेन्द्रदेव र पोखरेल पक्षको नेतृत्व उपाध्यक्ष कर्णबहादुरले गरेका थिए । संस्थापन इतरका पक्ष चुनाव गराउन चाहेका भए पनि दुई दिन ढिला गरेर सर्वसम्मत प्रतिनिधि छनोट भएको एमाले सिन्धुलीले जनाएको छ ।
सिन्धुलीमा १८ प्रतिनिधिका लागि ८५ जनाले उम्मेदवारी दर्ता गरेका थिए ।
प्रतिक्रिया 4