+
+
Shares

एमालेको सुदूरपश्चिम प्रदेश कमिटीबाट सर्वसम्मत प्रतिनिधि चयन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते १९:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेश कमिटीले सर्वसम्मत पाँच जना प्रतिनिधि चयन गरेको छ।
  • प्रदेश सचिवालय बैठकले अध्यक्ष कृष्णप्रसाद जैशीसहित चार पदाधिकारी र एक प्रदेश सदस्यलाई प्रतिनिधि चयन गरेको सचिव रणबहादुर चन्दले जानकारी दिए।
  • सुदूरपश्चिम प्रदेशका पाँच पहाडी जिल्लासहित प्रदेशका ९ क्षेत्रमा सर्वसम्मत प्रतिनिधि चयन भएको छ, बझाङ र डोटीमा दोहोरो सूची विवाद भएको छ।

धनगढी । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेश कमिटीले सर्वसम्मत पाँच जना प्रतिनिधि चयन गरेको छ ।

सोमबार बसेको प्रदेश सचिवालय बैठकले अध्यक्ष कृष्णप्रसाद जैशीसहित चार पदाधिकारी र एक प्रदेश सदस्यलाई प्रतिनिधि चयन गरेको हो ।

प्रतिनिधि चयन हुनेमा उपाध्यक्ष कालीबहादुर शाही, सचिव रणबहादुर चन्द, उपसचिव भागरथी विष्ट र प्रदेश कमिटी सदस्य झुमादेवी चौधरी रहेको सचिव रणबहादुर चन्दले जानकारी दिए ।

उनकाअनुसार प्रदेश सचिवालय बैठकले प्रतिनिधि सर्वसम्मत चयन गरेको हो ।

एमालेले सुदूरपश्चिम प्रदेशका पाँच पहाडी जिल्लासहित प्रदेशका ९ क्षेत्रमा सर्वसम्मत प्रतिनिधि चयन गरेको छ । पाँच क्षेत्रमा मतदानबाट प्रतिनिधि चयन भएकोमा बझाङ र डोटीमा नेताहरूबीच विवाद हुँदा दोहोरो सूची सार्वजनिक भएको छ ।

प्रदेश कमिटीले विवाद भएका जिल्लाबाट प्राप्त दोहोरो सूचीलाई हुबहु केन्द्रमा पठाइने जनाएको छ ।

प्रदेश कमिटीकाअनुसार सुदूरपश्चिमबाट राष्ट्रिय महाधिवेशनमा १४० भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?