+

चितवन राइनोजको ‘फूड पार्टनर’ मा मुस्ताङ राइस

२०८२ मंसिर  १५ गते २२:१८ २०८२ मंसिर १५ गते २२:१८
चितवन राइनोजको ‘फूड पार्टनर’ मा मुस्ताङ राइस

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि चितवन राइनोजले मुस्ताङ राइसलाई आधिकारिक फूड पार्टनरको रुपमा जोडेको छ।
  • चितवन राइनोज बागमती प्रदेशको चितवन शहरलाई प्रतिनिधित्व गर्दै एनपीएल खेलिरहेको छ र चार खेलमा दुई जित र दुई हार छ।

१५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टिम चितवन राइनोजले मुस्ताङ राइसलाई आधिकारिक फूड पार्टनरको रुपमा जोडेको छ ।

एनपीएलको दोस्रो सिजनका लागि चितवन राईनोजले मुस्ताङ राईससँग फुड पार्टनरको रुपमा सहकार्य गरेको हो । चितवन राइनोज बागमती प्रदेशको चितवन शहरलाई प्रतिनिधित्व गर्दै एनपीएल खेलिरहेको छ ।

चितवनबाट उत्पादन हुदै आएको मुस्ताङ राइस नेपालको प्रिमियम राइसको रुपमा स्थापित ब्राण्ड हो । चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले मुस्ताङ राइससँगको सहकार्यले टिमको योजना र लक्ष्यमा उत्साह थप्ने बताए ।

यसैगरी मुस्ताङ राइसका निर्देशक किरण न्यौपानेले चितवनको गौरव बढाउने टिमसँग जोडिन पाउनु गर्वको विषय रहेको बताए ।

कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोज एनपीएलगको दोस्रो सिजनको लिग तालिकामा चौथो स्थानमा छ ।

चितवनले चार खेल खेल्दा दुईमा जित र दुईमा हारको नतिजा निकालेको छ ।

चितवन राइनोज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय