+
+
WC Series
पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
कर्णाली याक्स 2025
0/0
Shares

एनआईसी एसिया बैंकका ग्राहकलाई दृष्टि आई केयरको सेवामा २० प्रतिशतसम्म छुट

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १६ गते १७:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनआईसी एसिया बैंकका ग्राहकले दृष्टि आई केयर सिस्टममा डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।
  • हस्पिटलमा आँखा, नाक, कान तथा घाँटी सम्बन्धी उपचारमा छुट सुविधा लागू हुनेछ।
  • ग्राहकले बैंकको डेबिट, क्रेडिट, प्रिपेड कार्ड वा मोबैंक एपबाट भुक्तानी गर्नुपर्ने बैंकले बताएको छ।

१६ मंसिर, काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकले काठमाडौंको दृष्टि आई केयर सिस्टममा सेवा लिँदा विशेष छुट पाउने भएका छन् ।

हस्पिटल र बैंकबीच छुट सम्बन्धी सम्झौता सम्पन्न भएको छ । यस सम्झौता पश्चात बैंकका ग्राहकले हस्पिटलका सेवा उपयोग गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट पाउने छन् ।

यस हस्पिटलमा आँखा, नाक, कान तथा घाँटी सम्बन्धी उपचार गर्दा छुट सुविधा प्राप्त गर्न सकिने छ ।

‘ईएनटी एन्ड जनरल सर्भिसअन्तर्गत ओपीडीमा २० प्रतिशत तथा इन्भेस्टिगेसनमा १० प्रतिशत छुट प्रदान हुनेछ’ सम्झौतापछि जारी विज्ञप्तिमा उल्लेख छ ‘साथै, आँखा उपचार गर्दा ओपीडी जनरलमा २० प्रतिशत, अपरेसन चार्ज, सर्जरी प्याकेज तथा इन्भेस्टिगेसनमा ५ प्रतिशत, ल्याबरोटरीमा १० प्रतिशत र अप्टिकल प्रडक्टमा ७.५ प्रतिशत छुट सुविधा प्रदान हुनेछ ।’

यस सुविधाको उपयोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ । यस सुविधाले डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्ने बैंकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?